समाचार

तनहँु उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनको उम्मेदवारी

दमौली खबर संवाददाता

वैशाख ४ गते हुने भएको तनहुँ उद्योग वाणिज्य सङ्घको १६ औं महाधिवेशनकाको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार सोमबार पतिन्द्रकुमार श्रेष्ठ, बैकुण्ठनाथ मिश्र र अर्जुन अधिकारीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका श्रेष्ठ सङ्घका पूर्व महासचिव हुनुहुन्छ भने मिश्र वर्तमान प्रथम उपाध्यक्ष हुन् । त्यस्तै अध्यक्षमा उम्मेदवारी दर्ता गराएका अधिकारी दुई पटक जिल्ला प्रतिनिधि र तीन पटक बजार इकाईको सदस्य भईसकेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, राजकुमार श्रैष्ठ, सुरेश पुरी र सुबोध अधिकारीको उम्मेदवारी दर्ता भएको छ । द्वितीय उपाध्यक्षमा कुमार मल्ल, नेक महम्मद मियाँ र सुनिल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र महेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । एशोसिएट सदस्यमा ओमराज श्रैष्ठ र शिवओम मल्लको उम्मेदवारी परेको छ भने वस्तुगत सदस्यमा क्षेत्रीय होटल संघ र तनहँु सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको छ । संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले संघको अध्यक्ष पदको उम्मेदवारी दिएको सोमवार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापति हुदाँ दमौली बजार भित्र सिसिक्यामेरा जडान गरेको, प्रथम दमौली महोत्सव सुरु गर्दा ग्रामिण क्षेत्रका सुन्तला सहित कृषि उत्पादन बजारसम्म विक्रि गरेको लगायतका काम आफुले गरेको मिश्रको भनाई छ । त्यस्तै कालो प्लाष्टिक झोला मुक्त अभियान सुरु गरेको, फोहोरमैलाको व्यावस्थापन लगायतका काम सुरु गरेको मिश्रले बताए ।

्तनहुँ उद्योग वाणिज्य संघको विभिन्न चरणहरु पार गर्दै विभिन्न पदमा व्यावसायीले भारी मतले विजयी बनाउदै आएको मिश्रले बताउनुभयो । आफुँ तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई कार्यसमिति सदस्य, दमौली बजार इकाई समितिको उपसभापति, बजार इकाइको निर्वाचनबाट सभापति , तनहुँ उधोग वाणिज्यको महासंचिव र मतदान प्रक्रियाबाट प्रथम उपाध्यक्षको पद सम्हालीसकेको कारणले पनि आफुँ अध्यक्षको स्वभाविक दाबेदार भएको उनले बताए ।

मिश्रले नवीन प्रविधियुक्त सुढृढ सचिवालय व्यावस्थापन गर्ने नव निर्बाचित बजार ईकाइ कार्य समितिलाई आवश्यक तालिमको व्यावस्था गर्ने, साना मझौला व्यावसायी उधोगहरुको लागि सर्बसुलभ कर्जा उपलव्ध गराउने, हाल संघको सदस्य संख्यालाई दोव्वर बनाउने, व्यावसायी सटर भाडाका विष्यामा घरवेटी र व्यावसयी बिच सम्बन्ध राम्रो बनाउन संघले पहल गर्ने, सिसिक्यामेरालाई व्यावस्थित गदै विस्तार गर्ने, आन्तरिक राजश्व कार्यालय घरेलु कार्यालय, जिल्ला प्रशासन, स्थानिय सरकारसंग समन्वय गरी पारस्परिक सहयोगको बातावरण सृजना गर्ने, आन्तरिक धार्मिक पर्यटनलाई बढावा दिने लगायतका एजेण्डा रहेको मिश्रले बताए । तनहुँ उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्षका प्रत्यासी सुरेश पुरीले तनहुँ उद्योग वाणिज्य संघका बजार इकाईका विभिन्न पदमा काम गरेको र उधोग वाणिज्य संघको दुईपटक जिल्ला प्रतिनिधिको भुमिका निर्वाह गरेको अनुभवका कारण प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

Show More

Related Articles

Back to top button