हेडलाईनसमाचारAllस्वास्थ्य

ताइवानका चिकित्सकको टोलीद्धारा दमौलीमा वृहत निशुल्क स्वास्थ्य शिविर विकासको लागि विदेशी सहयोगी निकायसँग हातेमालो गर्न मूख्यमन्त्री पोखरेलको आग्रह

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक १५ गते । गण्डकी प्रदेशका मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकास साझेदारी निकायसँग समवन्य गरेर विकास निर्माणमा सहभागी हुन आग्रह गर्नु भएको छ । रोटरी क्लव अफ दमौलीको आयोजनामा ताइवानका रोटरीयनहरु र दमौली अस्पतालको सहयोगमा आजदेखि दमौलीमा सुरु भएको दुई दिने वृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मूख्यमन्त्री पोखरेलले सो आग्रह गर्नु भएको हो ।
सरकारको लगानीबाट मात्र समृद्धि हासिल गर्न नसकिने भएकोले रोटरी क्लब जस्तो अन्तराष्ट्रिय सस्थासँग हातेमालो गर्न उहाँले आग्रह गर्नुभयो । रोटरीले स्वास्थ्य, खानेपानी क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै मूख्मन्त्री पोखरेलले समन्वय गरेर विकासको कामलाई मद्धत गर्न आग्रह गर्नुभयो । । ‘राजनीतिक उपलब्धी पछि समृद्ध प्रदेश बनाउने हाम्रो अभियान छ । जबसम्म रोटरी जस्ता मानवसेवासँग आबद्ध सस्थाहरुलाई प्रयोग गरी हातेमालो गर्नु आवश्यक छ’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । विश्व आज एउटा गाउँ भएको र रोटरी जस्तो सस्थाको अह्म भूमिका रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेले खानेपानी आयोजना र  स्वास्थ्यको क्षेत्रमा पु¥याएको सक्रियता, समर्पण र जागरुकता नआएको भए विकास प्रभावित हुने बताउनुभयो  । गण्डकी प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकता राखेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आँखाको सहज उपचारको लागि दमौलीमा गोर्वधन शर्मा स्मृति आँखा अस्पताल प्रदेश सरकारले स्थापना गरेको बताउनुभयो । पोखरापछि केन्द्र तनहुँ भएकाले  लमजुङ, गोरखा र मनाङको पायक पर्ने हुँदा दमौली अस्पतालको स्तरवृद्धिको लागि गर्न आँखा उपचार केन्द्रको लागि प्रदेश सरकारले मद्धत गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा व्यास नगरापलिकाका प्रमुख वैकुष्ठ न्यौपानेले गाउँका दुरदराजमा रहेको विरामीलाई लाभान्वित गर्न यस्ता शिविर प्रभावकारी हुने बताउनुभयो । मानवीय कार्यको लागि ताईवानी रोटरीयन टिम आएकोमा नगरप्रमुख न्यौपानेले धन्यवाद दिनुभयो ।  शिविरमा ताइवानी चिकित्सक र दमौली अस्पतालको टिमबाट स्वास्थ्य उपचार भईरहेको छ । क्लवका अध्यक्ष रामलाल श्रेष्ठले विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित नगरबासीहरुलाई विशेषज्ञ डाक्टरहरुबाट विभिन्न रोगहरुको निशुल्क परिक्षणका लागि ताइवानबाट ७४ जनाको टोली आएको जानकारी दिनुभयो ।  शिविरमा दाँत, हातजोर्नी आँखा, स्त्रि तथा प्रसुती रोग, योनरोग, बालरोग विशेषज्ञ, प्रयोगशाला परिक्षण सेवा, एक्सरे÷भिडियो एक्सरे सेवा उपलव्ध गराइनेछ । उक्त शिविरमा निशुल्क औषधी समेत वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले स्वास्थ्य जनताको मौलिक हक भएकाले सहज रुपमा सेवा प्राप्त गर्न अस्पतालको सेवा र क्षमता विस्तार प्रदेश तथा संघ सरकारले तत्कालै पहल कदमी गर्नु जरुरी रहेको बताउनु भएको थियो ।
व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको विशेष सहयोगमा सञ्चालन हुने उक्त शिविरको इनरह्विल क्लव दमौली, रोट¥याक्ट्र क्लव अफ दमौली, रोट¥याक्ट क्लव वेदव्यास र रोट¥याक्ट क्लव भानु र भिमादले स्वयमसेवि र दमौली अस्पताल, रोट¥याक्ट क्लव अफ पोखरा र रोटरी क्लव अफ ताइवानको विशेष सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । आयोजकले उक्त शिविरबाट समस्त जिल्लाबासीलाई रोगको निशुल्क परिक्षण र उपचार गर्ने अवसरको सदुपयोग गर्न समेत आग्रह गरेको छ । उक्त स्वास्थ्य शिविर विहान १० बजेबाट ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । शिविरमा उपचारका लागि आउने विरामीको भिड लागेको थियो । शिविरको पहिलो दिन आज करीव एक हजार ४ जना लाभाविन्त भएको आयोजकले बताएको छ । सो अवसरमा दमौली अस्पताललाई ताइवानका चिकित्सकले आँखा, दाँत लगायतको उपचारका सामग्रीहरु अस्पतालाई सहयोग गरिएको थियो ।
Show More

Related Articles

Back to top button