हेडलाईनसमाचारव्यासस्वास्थ्य

उपचारको लागि हरि थापा र रक्षा थापाद्धारा सहयोग प्रदान

दमौली खबर संवादादाता
दमौली, भदौ २८ ।
व्यास नगरपालिका वडा नम्बर –१२ गोल्ला घर भई हाल हङकङ्ग निवासी हरि थापा र व्यास १२ देउराली घर भई हाल अष्ट्रेलियामा रहेकी रक्षा थापाले व्यास १२ का दृष्टिविहिन र मृगौला पिडितलाई सहयोग गर्नु भएको छ ।
     व्यास नगरपालिका १२ हुलाकी चौतारी चौतारा निवासी दृष्टीविहिनहरु श्रीमान कमल भूजेल र श्रीमती सृजना भुजेल र छोरा सुबिन भुजेललाई मानवियताको नाताले २५ हजार वरावरको दुई चरणमा वितरण गरिने सहयोगको पहिलो सहयोग समाग्री खाद्यन्न र लत्ताकपडा वितरण गरिएको हो । त्यसैगरी दोस्रो चरणको सहयोग दशैमा गरिने बताइएको छ । उत्ता व्यास १२ घर भएकी हाल अष्ट्रेलियामा वस्ने रक्षा थापाबाट  प्राप्त भएको नगद २५ हजार रुपैयाँ व्यास १२ सुमलटारी निवासी मृगौला पिडित चित्रबहादुर आलेलाई प्रदान गरिएको छ ।
त्यस्तै व्यास नगरपालिका वडा नम्बर १० शिशाघाट घर भई हाल अमेरिकामा रहेका सञ्जय शाहबाट प्राप्त १० हजार दृष्टिविहिन भुजेल परीवार र मृगौलापिडित आलेलाई वितरण गरिएको छ त्यसको साथै भक्तपूर घर भई हाल अमेरिकामा रहेका रविन्द्र खड्काबाट प्राप्त १० हजार रुपैया पनि पिडित परिवारलाई घरमै लगि वितरण गरिएको व्यास १२ निवासी समाजसेवी होमबहादुर थापाले बताउनुभयो  ।उहाँले समस्यामा परेका परिवारलाई विदेशमा रहेका मनका सहयोगी मनकारी हरुसंग सहजीकरण गरी घरमा नै पुगी राहत सामाग्री वितरण गरेको बताए । राहात सामाग्री पाउँदा दृष्टीविहिन र मृगौलापिडित खुशी भएका छन् ।
Show More

Related Articles

Back to top button