समाचार

डेढ लाख घुससहित दमौलीबाट सव–इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार घुस लिएको आरोपमा एकजना सब इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । पोखराको आयोगले भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) तनहँुमा कार्यरत सब– इन्जिनियर सुरेन्द्र अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

पोखरा आयोगका प्रवक्ता प्रवक्ता मेघनाथ रिजालले विद्यालयको शौचालयको निर्माण सम्पन्न गरेको विवरण बनाए वापत सव –इन्जिनियर अधिकारीले सेवाग्राहीबाट घुस मागेको बताए ।सब इन्जिनियर अधिकारीले भानु –५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिलाए वापत घुस मागेका थिए ।

विद्यालयका अधिकारीहरुले अख्तियारमा उजुरी दिए पछि पोखराबाट आएको टोलीले व्यास ३ मालपोत लाईनको भिरकोट रेस्टुरेन्टमा नगद दिनासाथ नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

Show More

Related Articles

Back to top button