समाचारभानु

भानु नगरपालिकाको काम चालु

जिल्लाको भानु नगरपालिकाका कर्मचारीले आन्दोलन फिर्ता लिए सँगै नगरपालिकाको काम सुरु भएको छ। कार्यालयको सामान चोरी गरेको आरोपमा कर्मचारीलाई हिरासतमा राखिएको भन्दै कर्मचारीहरुले अनिश्चितकालका लागि काम बन्द गरेका थिए । नगरपालिकाबाट गठित वार्ता टोलीसँग सहमति भएपछि कर्मचारीले विहिबार आन्दोलन फिर्ता लिएका हुन् । स्थानिय वडा अध्यक्ष, जनप्रतिनिधि र स्थानियको उपस्थितीमा चोरीको झुटो मुचुल्कामा जर्बजस्ती हस्ताक्षर गर्न लगाएर कर्मचारीलाई नियन्त्रणमा लिइएको भन्दै कर्मचारीले विरोध जनाएको थिए ।

आन्दोलनरत कर्मचारी र गठित वार्ता समितिबीच भएको वार्ताबाट कर्मचारीको माग सम्बोधन गर्नेतर्फ नगर कार्यपालिकाको आकस्मिक बैठकबाट प्रक्रिया अगाडि बढेकाले आन्दोलन फिर्ता लिइएको कर्मचारीका तर्फबाट जारी गरिएको नगरपालिका द्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्मचारीमाथि चोरीको आरोप लगाई गरिएको मुचुल्का झुटा ठहर गरी बदरसमेत गरिएको पत्र सम्बन्धित सुरक्षा निकायबाट प्राप्त भएको र कर्मचारीका लागि शान्ति, सुरक्षाका साथ उच्च मनोबलसहित काम गर्ने वातावरण निर्माण गर्नका लागि प्रशासन कार्यालयबाट प्रतिबद्धता प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

नगरप्रमुख उदयराज गौलीले नगरपालिकामा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्दै भयरहित ढङ्गले उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्नमा नगरपालिकाका प्रतिबद्ध रहेको बताए । स्थानीय तथा जनप्रतिनिधिले कर्मचारीले सामान चोरी गरेको भन्दै उजुरी गरे पछि ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले चार कर्मचारीलाई नियन्त्रणमा लिएर मुचुल्का गराएको थियो । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका थिए ।

Show More

Related Articles

Back to top button