समाचारAll

श्रेष्ठ १० दिनदेखी वेपत्ता हुँदा परिवारजन चिन्तामा

दमौली खबर संवाददाता

माघ १७ तनहुँका एक बालक १० दिनदेखि सम्पर्क बिहीन हुँदा परिवारजन चिन्तामा परेका छन् । म्याग्दे गाँउपालिका– ४, घुम्ति निवासी २४ वर्षिय सुमन श्रेष्ठ बेपत्ता भएकोले परिवारजन चिन्तामा परेका हुन् ।

सधैजसो दमौली गएर आउने गरेका श्रेष्ठ माघ ९ गते देखि नआएको र खोजीको लागी काठमाण्डौ, चितवन पुगेता पनि पत्ता नलागेको पीर परेको वुवा रामप्रसादले श्रेष्ठले जानकारी दिनुभयो ।

छोरा खोजीका लागी प्रहरी कार्यलयमा जाहेरी दिएपनि कुनै खवर नआएको हुदाँ पीर परेको सुमनको आमा उमादेवी श्रेष्ठले बताउनुभयो ।

विहान वेलुका नै छोराले दवाई खानुपर्ने थियो । छोराको उपचारको लागी धेरै ठाँउमा लगियो । तर सुधार भएन । छोराले मान्छे चिन्ने भएता पनि कहिले काही भुल्ने समस्या थियो । छोरालाई छिमेकलाई काठमाण्डौमा भेटेको भएता पनि आउने वेलामा छोरा वेपत्ता भएकोले छोरालाई केही भएको चिन्ताले सताएको छ, वुवा रामप्रसादले भन्नुभयो ।

करिव ५ फुट ४ ईन्चका अग्ला सुमनले दुवै हातमा गेडा भएको डोरी वाधेका छन् । सुमन रामप्रसादका माईलो छोरा हुनुहुन्छ वुवा रामप्रसादले छोरा भेटिएका जिल्ला प्रहरी कार्यलय तनहुँ र थर्पुमा सम्पर्कका लागी अनुरोध गर्नु भएको छ ।

Show More

Related Articles

Back to top button