समाचार

‘डराएर भएन, संक्रमितलाई सेवा त दिनै प¥यो

क्वारेन्टिन भरिभराउ थिए । संक्रमितहरु थपिँदै जाँदा आइसोलेशनमा ठाउँ पाउन गाह्रो भयो । क्वारेन्टिनलाई नै आइसोलेशन बनाएर उपचार थालियो। व्यास नगरपालिकाले व्यास १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा आइसोलेशन बनाउने निर्णय ग्रयो । सोही अनुसार क्याम्पसबाट क्वारेन्टाईन हटाई आइसोलेशन बन्यो। नगरपालिकाद्धारा निर्मित आइसोलेशन सेन्टरमा स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरे। सुरुमा स्वास्थ्यकर्मी तयार पार्न मुस्किल प¥यो । व्यास नगरपालिकाका चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने सहित आईशोलेसनको जिम्मा नगरका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीलाई दिईयो ।

तर, कोरोना संक्रमणको डरले गर्दा स्वास्थ्यकर्मी तयार हुन समस्या लाग्यो।अनि बिरामी भर्ना गरेर आइसोलेशन सञ्चालनमा आयो। नेपाली सेनाको सुरक्षामा आइसोलेशनमा उपचार सुरु भयो। आइसोलेशनको कमाण्ड सम्हालेका सोती सहित उनको कमाण्डमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले उपचार थाल्यो। उक्त आइसोलेशनमा अहिलेसम्म भर्ना भएका एक सय १९ जना मध्य ५५ जना भन्दा बढी उपचारपछि घर फर्किन सफल भए । स्वास्थ्य शाखा प्रमुख सोतीले भने, ‘सुरुका दिनमा त यहाँ आइशोलेसन हुँदा समुदायका कतिपय मान्छेहरुले नकारात्मक सोच्नुभयो। यहाँ संक्रमित राखेर उपचार गर्दा समुदायमा कोरोना फैलन्छ कि भन्ने नकारात्मक सोच धेरै थियो।’ उनले थपे, ‘पछि हामीले पनि काउन्सिल गरेर समस्या समाधान भयो’, उनले भने, ‘सुरु सुरुका दिनमा त स्वास्थ्यकर्मीलाई समेत परामर्श गर्नुप¥यो । हामीले कोरोनाको उपचार जोखिम मोलेरै सुरु ग¥यौँ।’ आईशोलेसनको बाहिरी व्यवस्थापन क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले हेरेका थिए । बिरामी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई खाना,बस्नको लागि व्यवस्थापन उनले गरे । उनले भने,‘क्याम्पस परिवार,नगरपालिका र स्थानियको सहयोग हामीले जति गर्न सक्ने सहयोग गरेका छौं । ’

एक जना चिकित्सक र ४ जना स्वास्थ्यकर्मीले सिफ्ट अनुसार सेवा दिएर संक्रमितको उपचार गरेका हुन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेर संक्रमितको उपचार गर्ने गरेका छन्। अहिले उक्त क्याम्पसबाट आइसोलेशनमा हटाईएको छ । आईशोलेसनमा बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएका थिए। ती लक्षण देखिएका बिरामी पनि निको भएका छन्।

डराएर कति दिन बस्ने ?

कोरानो संक्रमणको जोखिम स्वास्थ्यकर्मीलाई बढी छ। धेरै स्वास्थ्यकर्मी अहिले पनि संक्रमित भएका छन्। कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचारमा जुटेका हुन्। ‘डर कस्लाई लाग्दैन र? तर, हामी जोखिम मोलेर सेवामा खटिएका छौं’ स्वास्थ्य शाखा प्रमुख सोतीले भने,‘एक न एक दिन सबै यसबाट(कोरोना)बाट गुज्रनुपर्छ नै । त्यही भएर आत्मबल कमजोर नपरौँ । हिम्मत जुटाउनुपर्छ ।’ सोतीले अघि भने, ‘आईसोलेसन व्यवस्थापनमा समस्या आउदाँ नगरप्रमुख वैकुण्ठ न्यौपानेले समधान गरि दिनु हुन्थो । ’ त्यहाँबाट आईसोलेसन हटाएपछि व्यास ३ स्थित रहेको पुरानो कृषि बैंकको भवनमा निर्माण गरिएको छ । अहिले उक्त ठाँउमा संक्रमित राखि उपचार भईराखेको छ । अहिले सम्म तनहँुमा संक्रमितको संख्या ८ सय ९९ पुगेको छ । जस मध्ये ६ सय १८ जना निको भईसकेका छन् । त्यस्तै दुई सय ६७ जना बिरामी उपचार पश्चात निको भईसकेका छन् ।

Show More

Related Articles

Back to top button