समाचार

शुक्लागण्डकीमा थपिए ११ संक्रमित

शुक्लागण्डकी नगरपालिकामा विहिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको तेस्रो विज्ञप्तीमा शुक्लागण्डकीका ३ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जना नेपाल आर्मी र ५ जना स्थानिय बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी वडा नं ४ की ५५ बर्षिया ,वडा नं ७ की ५४ बर्षिया र नेपाल आर्मीमा कार्यरत ३५ बर्षिया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै वडा नं(४ दुलेगौँडाका २४, ४२ र ५१ बर्षिय पुरुष र नेपाल आर्मीमा कार्यरत ३५, २८, २५ ,२१ र ३३ बर्षिय पुरुषहरुको रिपोर्ट पोजेटिभ आएको हो ।गत कार्तित १७ गते नगरपालिकाबाट ६६ जनाको स्वाव संकलन गरी नमुना परीक्षणका लागि पोखरा पठाइएको थियो । जसमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो ।

Show More

Related Articles

Back to top button