समाचारमनोरन्जन

सुमिनाको शिरमा ‘मिस तनहुँ २०२१ ’को ताज

सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’को ताज पहिरिन सफल भएकी छन् । शनिबार साँझ मनकामना चलचित्र हलमा सम्पन्न मिस तनहुँ को पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षकी सुमिना उपाधी चुमेकी हुन् । प्रतियोगितामा फस्ट रनरअप सन्धा धिताल भइन् भने सेकेन्ड रनरअपको उपाधी बिसखा श्रेष्ठले जितिन् । त्यसैगरी दर्शकको रोजाइमा रिया सन्त्राले उपाधी जितिन्।

प्रतियोगिताको मुल्यांकनकर्तामा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, पर्यटन विज्ञ हरिसिं गुरुङ, मिस तनहँु २०१५ सुजना श्रेष्ठ थिए । सुमिनाले नगदचेक पचास हजार सहित प्रमाण पत्र र ताज प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले २० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् । प्रतियोगिता डाफे मल्टिमिडियाको आयोजनामा भएको हो । प्रतियोगिताको जेभियर ईन्टरनेशनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको थियो ।

Show More

Related Articles

Back to top button