साहित्य

कोरोना यूद्ध

कमल खनाल

बुहान र न्यूयोर्कको तनाव
बिषय कोरोना ,जस्तो छ ।
यूरोप ध्वस्त, भईसक्यो
एशियामा, कस्तो छ?

आक्रान्त भो ,अमेरिका
रूस त आँगन, जस्तै छ।
दक्षिण अमेरिका ,पसि सक्यो
अफ्रीकालाई, कस्तो छ?

दक्षिण पूर्व ,भारत संगै
नेपाल पनि ,उस्तै छ ।
संसार खायो ,कोरोना ले
बाँच्न कठिन ,जस्तो छ।

हतियारको यूद्ध, भन्दा
कोरोना यूद्ध ,चर्को छ।
हेर्दै ,सुन्दै ,भोग्दै जाऔं
यो भन्दा ,पिडा अर्को छ?

Show More

Related Articles

Back to top button