साहित्यAllमनोरन्जन

दुई मुक्तक

एक : अध्यादेश
अध्यादेशले नियम कानून छल्ने गर्छ
स्वेच्छाचारिताले चोकमा आगो बल्ने गर्छ
संशोधनको पनि कुनै हद हुन्छ हजुर
खिचातानीले पनि यहाँ सरकार ढल्ने गर्छ

दुई : जनता
प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्छ
जनमतले नै यहाँ नेता चुन्छ
माथि पुगेपछि हैशियत बिर्सेंर नेताले
बल प्रयोग गरी जनताको मुख थुन्छ

Show More

Related Articles

Back to top button