साहित्यAll

**-गीत-**

गीत
वेदकुमारी न्यौपाने

दुख्ने डर नदुख्दै हाे दुखे पछि हुन्न रैछ
धेरै पीडा सहे पछि सानाे पीरले छुन्न रैछ

सपनाका पातहरुमा अाँसु थाेपा खसे पछि
चाहनाका मुना माथि हिउँ तुषाराे परे पछि

आँधी हूरी अाउला भन्ने कुनै त्रास हुन्न रैछ
धेरै पीडा सहे पछि सानाे पीरले छुन्न रैछ

कल्पनाको आकाशमा कालो बादल लागे पछि
जिन्दगीलाई च्याखे खालमा दाउ हान्न राखे पछि

न भविष्य न वर्तमान केहीकाे चिन्ता हुन्न रैछ
धेरै पिडा सहे पछि सानो पीरले छुन्न रैछ

Show More

Related Articles

Back to top button