हेडलाईनसमाचारव्यास

सर्वसाधारणलाई निशुल्क पानी पिलाउन बीच बजारमा धारो

दमौली अस्पताल जाने मुख्य गेट । गेटको आडैमा भक्तपुरे शैलीको कलात्मक धारो । त्यहीले धारोले दमौली बजारमा आउने सर्वसाधारणको तिर्खा मेटाउने भएको छ । बजार क्षेत्रमा सार्बजनिक धारा नभएपछि दमौलीमा सक्रिय रहेको व्यास नगर जेसिजले दमौली अस्पतालको गेटमै धारा निर्माण गरेको हो । आफनो काम लागि दमौली बजार क्षेत्रमा हिँड्ने बटुवा, कामदार पैदलयात्री तथा सर्वसाधारणलाई तिर्खा लागेको बेला प्यास मेटाउन सार्वजनिक धारा निर्माण गरेको क्लबका महासचिव अजर नागिले जानकारी दिए ।

उनले भने,‘जिल्लाको सदरमुकाम रहेको बजारमा कहीँपनि पानी पिउनको लागि सार्वजनिक धारा छैनन् । सर्वसाधरणलाई किनेर र मागेर पानी पिउन बाध्य छन् ।आफनो काममा बजार आउने सर्वसाधारणको लागि सहज होस् भनेर हामीले दमौली अस्पतालको प्रवेशद्धारमै धारा निर्माण गरेका छौै ।’ उनले अघि भने,‘सामाजिक कार्य गर्ने हेतुले हामीले सर्वसाधारणको समस्यालाई बुझेर कलात्मक जेसिस धारो निर्माण गरेका हौं ।’ तीन लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको धारो मंगलबार व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।

बजार आउने सर्वसाधाणले पानी किनेर र मागेर खानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । उनले भने,‘बटुवालाई पानी दिने पुरानो धारा संस्कृति ब्युँत्याएर जेसिजले सहनिर्य कार्य गरेको छ । उनले अघि भने, ‘ पहिले पहिले गाउँघरमा मात्र बटुवालाई बाटोमा पानी खुवाउन धारा निर्माण गरिन्थो । तर अहिले सहरमा पनि यस्तो परम्परा शुरु गर्नु क्लबकको प्रशंसा योग्य छ ।’ जेसिसले नेतृत्व विकास र युवाको क्षमताको विकास सँगै सामाजिक कार्यमा आफुलाई अब्बल बनाएको समेत बताए । व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले धारालाई निःशुल्क पीउने पानीको प्रवन्ध गरेको धन्यवाद ज्ञनपन गरे ।

वडा सदस्य रबिन पौडेलले क्लबले निर्माण गरेको धाराले पैदलयात्री र सर्वसाधारणलाई सहज हुने बताए । मूलबाट आएको पानी युरो गार्डमार्फत प्रशोधन गरेर पीउने प्रवन्ध गरिएको जनाएको छ । यसका लागि दुई बेग्लै ट्यांकीको व्यवस्था क्लबले गरेको छ । धारा आर्कषक मात्र नभएर सबैलाई पायक पर्ने ठाउँमा निर्माण गरिएको अध्यक्ष लक्ष्मिभक्त खनालले बताए ।

Show More

Related Articles

Back to top button