दमौली खबर सन्म्वददत
दमौली, भदौ १७
रक्षाबन्धन अर्थात जनै पूर्णिमाको अवसरमा बिहीबार दमौली स्थित बह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, दमौलीद्धारा रक्षा सुत्र ग्रहण तथा स्नेह मिलन कार्यक्रम गरिएको छ । ओम शान्ति भवनमा गरिएको कार्यक्रम दमौली र आसपासका बासिन्दाहरुको भीड लागेको थियो ।
व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा न्यौपानेले शान्ति, अमनचैनको लागि धर्म स्थापना गरिएको बताउनुभयो । मानसिक समस्या, सामाजिक वैमनस्यता र अन्त्यको लागि बह्माकुमारी इश्वरीय विश्व विद्यालयले आध्यामिक सन्देश फैलाएर ठुलो योगदान दिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट क्षत्री लगायतले जीवनको लक्ष्य प्राप्तिको लागि शान्ति आवश्यक पर्ने र नैतिक सन्देश मार्फत शान्ति कायम गर्नको लागि बह्माकुमारी राजयोगले सरकारी लगानी विना नै काम गरेर राज्यलाई फाईदा दिईरहेको भन्दै प्रशंसा गर्नु भएको थियो । कार्यक्रम बह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीकी सञ्चालितका बह्माकुमारी यमुनाको अ्रध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।




