दमौली खबर संवाददाता
तनहुँ, भदौ १७ गते
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र धरापमा परेको बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १, तनहुँले शुक्रबार दमौलीमा गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेसलाई कमजोर बनाएर धरापमा पार्ने प्रत्यन्त भइरहेको बताउनुभयो ।
कांग्रेसलाई चौतर्फी आक्रमण गरेर लोकतन्त्र कमजोर बनाउने खेल भईरहेको उहाँको भनाई थियो । नेपालमा धार्मिक र जातीय द्धन्द्ध नित्याएर देश कमजोर बनाउने षडयन्त्र भएको उल्लेख गर्दै डा. कोइरालाले त्यसबाट जोगाउने जिम्मा कांग्रेसमा आएको बताउनुभयो । सरकारमा भए पनि कांग्रेसको आफ्नो नेतृत्व नभएकोले कुटनीतिक सम्बन्ध नेपालको कमजोर भएको उहाँको भनाई थियो । नेपालले जारी गरेको चुच्चे नक्सा भारत स्विकार नगरेको चीनले पनि वास्ता नगरेको भन्दै कुटनीति कमजोर भएको नेता कोईरालाको भनाई रहेको थियो । गुटबन्धीले गर्दा पार्टी कमजोर भएको भन्दै उहाँले आफूले जुन सुकै ठाउँको भ्रमण र कार्यक्रममा गुटको कुरा नभएको बताउनुभयो । मलाई पनि गुट चलाएको भन्नुहोला आफैलाई प्रश्न गर्दै कोइरालाले भन्नुभयो, ‘‘गुटले पार्टी कमजोर हुन्छ मैलै कहाँकतै गुटको कुरा गरेको छैन ।’’ कसरी कांग्रेसलाई कसरी एक ढिक्का बनाउन सकिन्छ भनेर सोच्ने र गुटको राजनीतिबाट माथि उठ्न उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । तनहुँ १ को उपनिर्वाचनमा कांग्रेसले सत प्रतिशत मतदान गरेको भएर पराजित हुनु पर्ने अवस्था नआउने भन्दै कोईरालाले विगतका गल्तीबाट पाठ सिकेर अब हतास नभएर पहिले कांग्रेस जस्तै बनाउन लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शङ्कर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्ले, कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, कांग्रेसका नेता पूर्व मन्त्री यज्ञबहादुर थापा, महासमिति सदस्य चिनु पोख्रेल, क्षेत्र नम्बर १ का सभापति श्याम मौरती लगायतका नेताहरुले कांग्रेसलाई भोट नहाल्नेसँग पनि अन्तर संवाद गरेर, कमिजोरीलाई सच्याएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहको भने सहभागिता रहेको थिएन ।



