हेडलाईनUncategorized

एक वर्षे दुधे बालक सहित पाँच जनाले जिते कोरोना

 

तनहँुमा एक वर्षे दुधे बालकले बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जिपि कोईराला श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसनमा रहेका उनीसहित चार जना संक्रमितलाई शनिबार डिस्चार्ज गरेको छ ।

डिस्चार्ज हुनेमा ऋषिङ गाँउपालिकाका एक वर्षे बालक, २८ वर्षिय पुरुष र २५ वर्षिया महिला रहेका छन् । उनीहरु तीनै जनामा असार आठ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सिमा क्षेत्र बाट उद्धार पालिकाको क्वारेन्टाईन बालक सहित उनको बुबा आमालाई राखिएको थियो । उनीहरुको पीसीआर टेस्ट गर्दा दुधे बालकमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका निर्देशक रामकुमार श्रेष्ठले भने, “ संक्रमण पुष्टि भएपछि बालक सहित उनको आमालाई पनि अस्पतालको आइसोलेसनमा ६ दिनबसेपछि उनीहरुको पीसीआर परीक्षण गरेका थियौं । जसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेका हौं ।” त्यस्तै डिर्चाज हुनेमा घिरिङका २६ वर्षिय पुरुष र शुक्लागण्डकी नगरपालिकाका २२ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ । यो सँगै तनहँुका कोरोना बाट निको हुनेको संख्या १४ पुगेको छ ।भने सक्रमितको संख्या एक सय २ रहेको छ ।

Show More

Related Articles

Back to top button