Uncategorized

बन्दिपूरको मिनि म्याराथनको उपाधि यादव

माघ २
दमौली खबर संवाददाता

बन्दीपुर गाउँपालिकाको आयोजनामा भएको दौड प्रतियोगिता उपाधिको बिजेता काठमाडौंका अजितकुमार यादव भएका छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधिमा यादवले जितेका हुन् । त्यस्तै ओेखलढुङ्गाका अनिल कार्की द्वितीय भएका छन् । यादवले बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिकाको कार्यालयसम्मको ८ किमी दूरी ३८ मिनेट ५३ सेकेण्डमा पार गरे भने कार्कीले ३९ मिनेट १६ सेकेण्डमा पार गरे । उनिहरुलाई क्रमशः३० हजार र १५ हजार प्रदान गरिएको छ ।

त्यस्तै आन्तरिकतर्फको दौडमा बन्दीपुर–१ निवासी चन्द्रकुमार सुनार प्रथम र वडा नं २ निवासी रविन गुरुङ द्वितीय भएका छन् । सुनारले उक्त दूरी ४४ मिनेट ५१ सेकेण्ड र गुरुङले ४६ मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । प्रतियोगितामा खुल्ला र आन्तरिक दौड गरी ३० धावकको सहभागिता रहेको थियो । विजेताहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापाले पुरस्कार वितरण गरेका थिए ।त्यस्तै सोही अवसरमा गाउँपालिकाले एकल पुरुषलाई सिरकसमेत वितरण गरेको छ ।

गाँउपालिकाको ७० वर्ष उमेर काटेका ६ सय एकल पुरुषलाई सिरक वितरण गरिएको हो । गत वर्ष एकल महिलालाई सिरक वितरण गरिएको थियो । भ्रमण वर्ष २०२०लाई मध्येनजर गदै बन्दिपूर गाँउपालिकाले प्रत्येक हप्तामा एक÷एक कार्यक्रम गर्ने गाँउपालिकाका अध्यक्ष गुरुङले बताए ।

Show More

Related Articles

Back to top button