हेडलाईनसमाचारAll

पराशर कलेजको नवौ वार्षिक साधरण सभा सुरु जिल्लाकै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता

दमौली, फागुन १४ गते

व्यास नगरपालिका–४ स्थित बागबजार स्थित पराशर कलेजको नवौं वार्षिक साधरण सभा शनिबारबाट दमौलीमा शुरु भएको छ ।

सभाको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुुभयो । सो अवसरमा समन्वय प्रमुख वाग्लले पराशर कलेजले उत्कृष्ट नतिजा ल्याएर तनहुँ र यस आसपाससँग जोडिएका जिल्लाका विद्यार्थीको रोजाईको केन्द्र बनेको बताउनुभयो । साथै वाग्ले तत्कालिन शिक्षा मन्त्री गोविन्दराज जोशीको मद्धतले गर्दा कलेज स्थापना गर्न सकिएको भन्दै उहाँको योगदान भुल्न नहुने बताउनुभयो ।

कार्यक्रममा पूर्व डिन तथा प्रा.डा.कृष्णप्रसाद गौतमले शैक्षिक योगदान दिने प्रमुख उद्धेश्यले कलेज स्थापना गरिएको रोजगार मुलक नयाँ शैक्षिक शैक्षिक कार्यक्रमहरु विद्यालयले सञ्चालन गर्नु पर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावको चाहाना अनुसारको शिक्षा प्रदान गरिनु जरुरी रहेको प्रा.डा. गौतमले बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख अमृत भण्डारीले क्याम्पसको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । क्याम्पस प्रमुख भण्डारी कलेजले विज्ञान लगायतका अन्य विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल हुने मात्र नभई पराशर माध्यामिक विद्यालय समेत उत्कृष्ट नजिता ल्याएको जानकारी दिनुभयो । एइइ नतिजामा सारा अधिकारीले ३.९५ प्रतिशत अंक प्राप्त गरी तनहुँ जिल्ला प्रथम हुन हुन सफल भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख मिनबहादुर कुँवरले गर्नु भएको थियो ।

Show More

Related Articles

Back to top button