हेडलाईनसमाचार

कुलमानको जस्तै काम गरौं

   नेपाललाई अध्यारोबाट उज्ज्यालोको गन्तव्यमा लैजान सफल भएकोले नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालीमा लोकप्रिय बन्नुभयो । यदी कुलमान हुँदैनथे भने हाल पनि नेपालमा लोड सेडिङको मार पर्ने थियो । कुलमानले यस अघि नेतृत्व लिने वित्तिकै लोड सेडिङ चमत्कारीक रुपमा कम गराएर चर्चा बटुल्नु मात्रै भएन  र दशैं र तिहारको चाडपर्वको समयमा अत्यधिक विजुलीको माग हुने समयमा समेत लोड सेडिङ नै भएन । गरे के हुँदैन भन्ने उदारण बन्नु भएको छ कुलमान घिसिङ । उहाँलाई राजनीतिमा आउनु पर्छ भनेर धेरैको भनाई । असल कार्य गरेर चर्चा कमाएकोले राजनीति गरेर देशमा सूशासन ल्याउन टेवा पुग्ने विश्वास जनताको भएको हो ।
              कुलमानको कुशल नेतृत्वले गर्दा गत आर्थिक वर्ष  २०७७÷७८मा नेपाल विद्युत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष १६४ प्रतिशतले नाफा बढेको देखिएको छ । यो सानो परिवर्तन हैन । कुलमानले जस्तै विभिन्न सस्थान, प्राधिकरणको नेतृत्वले लिनेले पनि यस्तै काम गरेर देखाउने हो भने नेपाल चाँडै समृद्धीको यात्रमा अघि बढ्ने थियो । आर्थिक वर्ष २०७७÷७८मा वर्ष ६ अर्ब १० करोड खुद नाफा भएको थियो । प्राधिकरणको आव २०७८÷७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वाषिर्क आम्दानी एक खर्ब रुपैयाँ नाघेको बताए । यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेकोले कुलमान बधाईको पात्र बन्नु भएको छ ।
              ऊर्जा खपत २७ प्रतिशत वृद्धि भएर बिक्री आम्दानी बढेको र विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहरुबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले बढाउन सफल भएको छ ।  विद्युत चुहावट पनि घटेकाले ठुलो परिणामा नाफा बढेको देखिन्छ । आव २०७२÷७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव ०७३÷७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६÷७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७÷७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो । यसको देन कुलमानलाई जान्छ । भारतलाई विजुली बेचेर बैदेशिक मुद्रा आम्दानी पनि गर्न सफल भएको छ । कुलमानको जति प्रशंसा गरेपनि कम हुन्छ ।
Show More

Related Articles

Back to top button