समाचार

मेयर कपका लागि टिमहरुको दर्ता शुरु

दमौली खबर संवाददाता
दमौली, ३ भदौ ।
हरितालिका तीजका अवसरमा शितलचोक युथ क्लबको आयोजनामा यही भदौ ८ गतेदेखि विपी वनबाटिकामा, दमौलीमा   हुने प्रथम मेयर कप प्रतियोगिताको तयारी धमाधम भईरहेको छ । पुरुष खुल्ला यस फुटबल प्रतियोगिताका लागि टिमहरुको दर्ता सुरु भएको छ । प्रतियोगिताका लागि काठमाडौंबाट २ वटा टिम, स्याङ्जा, कास्की, धादिङ लगायतका जिल्लाबाट समेत टिमहरु आउने जानकारी खेलकुद संयोजक राजेश मल्लले दिनुभयो । बिहिबारबाट खेलमैदानमा तारबार गर्ने, पोलहरु मिलाउने काम शुरु हुनेछ उनले भने । फुटबल प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भइसकेको उहाँले जानकारी दिनुभयो ।
गरिएकाले पनि यस प्रतियोगिताप्रति सबैको आकर्षण बढ्दो छ उनले भने ।
प्रतियोगितामा बिजेता हुनेले २ लाख २ हजार २ सय २२ र उपबिजेता हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ  ।
Show More

Related Articles

Back to top button