हेडलाईनUncategorized

कोभिड कोषमा तनहुँ समाज हङकङको १ लाख ५० हजार सहयोग

दमौली खबर संवाददाता

जेठ ७

कोभिड १९को संक्रमणबाट बच्न स्थानीय सरकारले बनाएको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपाचर कोषमा तनहुँ समाज हङकङले एक लाख ५० हजार नगद सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन तनहुँका १० वटै स्थानीय सरकारले स्थापना गरेको राहत कोषलाई सघाउन समाजले १५÷१५ हजारका दरले सहयोग गरेको समाजका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले जानकारी दिए । उक्त सहयोग रकम आइतबार एक कार्यक्रमका बीच व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो भने अन्य पालिकालाई सम्बन्धित कोषको बैंक खातामा जम्मा गरिएको हो ।

राहत रकम प्रदान गर्दै समाजका पुर्व अध्यक्ष भिमराज गुरुङले तनहुँका स्थानीय तहले कोभिड १९को रोकथाम तथा राहत वितरणमा प्रभावकारी भुमिका खेलेकोले त्यसबाट प्रभावित भई सहयोगको लागी समाज अगाडि बढेको बताए । समाजले भुकम्प लगायत विभिन्न संकटको घडीमा तनहुँमा सक्दो सहयोग गर्दै आएको चर्चा गर्दै गुरुङले आगामी दिनमा समेत समाजको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे । सहयोग रकम बुझदै नगरप्रमुख बैकुण्ठ न्यौपानेले दुखको बेलामा सहयोग सानोठुलो नहुदै स्पष्ट पार्दै समाजका तर्फबाट प्राप्त सहयोगको सही सदुपयोग हुने बताए । व्यास नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग र आफ्नै स्रोतबाट खर्च गरेर काम गरीरहेको न्यौपानेले बताए ।

उक्त रकम विभिन्न सिलसिलामा हङकङमा रहेका तनहुँबासीको सक्रियतामा संकलन गरिएको हो । समाजले तनहुँमा विगत १० बर्षदेखी शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ ।

Show More

Related Articles

Back to top button