हेडलाईनसमाचारबन्दीपुरAll

शाहसिक आमा चितुवाको मुखबाट खोसिन् छोरालाई

तनहुँ, भदौ ८ गते । तनहुँकी एक शाहसिक महिलाले चितुवाको मूखबाट छोरालाई खोस्न सफल हनु भएको छ । बन्दीपुर गाउँपालिका–१ उपल्लो फाँटमा सुवाश परियारको तीन वर्षिय छोरा शुलभ परियारलाई चितुवाले लगेपछि आमाले खोस्कुन भएको हो ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेका अनुसार घाईते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रे स्थित मोति हेल्थ क्लिनिकमा प्रथमिक उपचार गरि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएको छ ।  बुधबार साँझ ६ बजे घरको पिढीमा खेली रहेको चितुवाले आक्रमण गरी लगेको र आमा पछि पछि लागेर ५० मिटर खोसेर ल्याएको स्थानीय प्रत्यक्ष दर्शी वासु पन्थले जानकारी दिनुभयो ।
बुधबार नै साँझ ५ बजे सोही ठाउँ निवासी हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाईते बनाएपछि रानाले कराउँदै धपाएको साँझ पून बालकलाई आक्रमण गरेको पन्थले जानकारी दिनुभयो । केही महिना अघि मात्रै बन्दिपुर १ कै ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।
Show More

Related Articles

Back to top button