तनहुँमा विभिन्न मुद्धाका ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रता दिएको तनहुँ प्रहरीले आईतबार उक्त संख्यामा पक्राउ गरेको जनाएको छ । प्रहरीले १२ बर्षदेखी फरार रहेकालाई पनि पक्रिएको हो । नाता कायम मुद्धा र सम्बन्ध विच्छेद मुद्धाका फरार प्रतिवादी ३÷३ जना, बहुविवाह, सवारी ज्यान र कुटपिट मुद्धाका १÷१ जना गरी ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई कैद र जरिवाना भुक्तानका लागी अदालत पेश गरीएको उनले बताए । तिमिल्सिनाका अनुसार उनीहरुबाट १ बर्ष ५ महिना ९ दिन कैद र १२ हजार १ सय ७५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी थियो ।
Related Articles
हाम्रा हैन राम्रालाई टिकट दिन जरुरी
March 21, 2023
समितिलाई कामकाजी बनाउन जरुरी
February 23, 2023
Check Also
Close
-
बन्ने भो म्याग्देमा चिस्यान केन्द्र
January 19, 2023

