समाचारAll

खनाल दम्पत्तिद्धारा विद्यार्थीलाई पोशाख सहयोग

 दमौली खबर संवाददाता
दमौली, मंसिर २२ । व्यास नगरपालिका ११ सेहरा स्थित वसन्त आधारभूत विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद खनालको छोरा किशोर खनाल तथा बुहारी आस्मा थापा खनालले  विद्यार्थीलाई पोशाख सहयोग गर्नु भएको छ ।
८ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई पोशाख विहीबार हस्तान्तरण गरिएको छ । सबै पोशाख गरेर १० हजार मूल्य बराबरको सहयोग गरिएको सो विद्यालयका प्रधानाध्यापक माधव खनालले जानकारी दिनुभयो । सो पोशाकको किशोर बुबा कृष्णप्रसाद खनालले बिहीबार हस्तान्तर गर्नु भएको थियो । व्यास नगरपालिका–११ पोल्याङमा जन्मनु भएका किशोर बाल्यकालमा सोही विद्यालयमा अध्ययन गर्नु भएको थियो । आफू बाल्यकालमा पढेको विद्यालयको लागि सहयोग गर्न पाउँदा खुसी लागेको किशोर बताउनुहुन्छ ।
Show More

Related Articles

Back to top button