हेडलाईनसमाचारAll

पूर्व सचिव विश्व बास्तोलाद्धारा उम्मेदवारी घोषणा, काँग्रेस तनहुँमा हलचल

दमौली खबर संवाददाता
दमौली । नेपाली काँग्रेस पूर्व सचिव विश्व वास्तालाले मंसिर ४ गते हुने निर्वाचन प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । सचिव बास्ताले स्वतन्त्र उम्मेदवारी दिने घोषणा आज मंगलबार गर्नु भएको छ । वास्तोलाले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेपछि  तनहुँ काँग्रेसमा भुइचालो आएको छ । दुई कार्यकाल पार्टीको सचिव र एक कार्यकाल क्षत्रीय सचिव तीन दशक भन्दा भन्दा धेरै पार्टीमा योगदान दिएको व्यक्ति उम्मेदवार बन्ने भएपछि काँग्रेस तनहुँमा तरङ्ग छाएको छ । वास्तोलाले उम्मेदवारी कायम राखेमा भोट काट्ने भएकोले काँग्रेस तनहुँलाई टाउको दुखाई बन्ने भएको हो ।
वास्तालाले सामाजिक सञ्जालमा समय र परिस्थितिले स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाएको उल्लेख गर्दै कतिपय निर्णयमा पुग्न  उत्प्रेरित गरेको बताउनु भएको छ ।  हाम्रो समाज प्रगतिको पथमा अघि बढ्न नसक्नुमा  कहि कतै तपाईं हाम्रै पनि कमजोरी रह्यो कि ? आत्म समिक्षा गर्ने बेला आएको छ  ।  प्रजातन्त्र प्राप्ति  पछिका ३१ बर्ष  सम्म हामिले अभ्यास गरेको राजनितीले   नेता र कार्यकर्ताको बीचमा मालिक र दासको जस्तो सम्बन्ध विकसित हुन गएको कुरा महसुस गरेर पनि बोल्न नसक्नु र नेतालाई खुशी नपारी केही पाइदैन भन्ने मान्यता स्थापित भएका कारण  आज राजनीति का प्रती आम निरासा उत्पन्न  हुन गएको बास्तालाको भनाई छ ।
          न्यायपालिका , शैक्षिक  क्षेत्र ,  प्रहरी प्रशासन , कर्मचारी तन्त्र लगायतका राज्य संयन्त्र मा चरम राजनीतिकरण गरि, भ्रष्टाचार, बेथिति र बिकृतीलाई सामाजिक मान्यता दिलाउने तर गरिव ,किसान ,मजदुर र मध्यम बर्गका समस्याका प्रति नेतृत्व उदासिन भएकाले सिमित वर्ग र व्यक्तिहरुले सत्ता र शक्तिको आडमा  राज्यशक्तिको  दुरुपयोग गरि अकुत सम्पत्ती आर्जन गर्दै जानूले वर्तमान राजनितिको चरित्र उदाङ्गो बनाएको वास्तोलाले जनाउनु भएको छ ।  नेताहरुले गरे भनेको विकास जनताले अनुभुती गर्न पाउनु पर्दछ, न कि नेताले आफ्नो बखान आफै गरेर थाक्नु परोस् भनेर वास्तालाले भन्नुभएको छ । एउटा लोकतान्त्रिक समाजमा  आमनागरिकमा अमन चैन कायम हुनुपर्दछ , अवसरहरुको स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ । परोपकारी राज्य संरचना अन्तर्गत नेतृत्वबर्ग सधै आमनागरीकको  हितमा कसरी काम गर्न सकिन्छ भनेर तल्लिन हुनु पर्नेमा नेताहरु आफ्नै उन्नती र प्रगति मा केन्द्रीत हुँदै आएको परिणाम आम मतदाता निरास हुन पुगेको उहाँको भनाई छ  । ३१ बर्ष को अन्तरालमा जिल्लामा आज सम्म स्वास्थ्यको क्षेत्रमा एउटा गतिलो अस्पताल नबनेको उहाँले बताउनु भएको छ ।
           शिक्षाको क्षेत्रमा एउटा सरकारी क्याम्पस बनेन, अरु त छोडौ  २८ बर्ष  अघि बनेको सदरमुकामसंग जोडिएको केशवटार मार्ग आजसम्म  पिच हुन नसकेको उहाँले उल्लेख गर्नु भएको छ ।  मिर्लुङ जस्तो घना आदिवासी भएको गाउँमा विकासले किन छुन सकेन ? यस्तो अवस्थामा  यी तमाम मुद्दाहरु पुरानै नेताहरुबाट आशा गर्नु भनेको “नयाँ  बोत्तलमा पुरानै रक्सी सजाए जस्तै हो भनि वास्ताले उल्लेख गर्नु भएको छ ।‘यस पटक केही नयाँ  सिराबाट सोचौ ,नेता र जनता मालिक र दास होइन, सहयात्री र सारथी बनौ ,  परिवर्तन  आफै बाट  सुरुवात  गरौं’ बास्तोलाले भन्नुभएको छ   ।  मेरो ३६ बर्ष  लामो राजनैतिक  यात्रामा  मेरा अग्रजहरु, राजनितिक सहकर्मिहरु र शुभचिन्तकहरु बाट मलाई प्राप्त साथ र सहयोग नै आफ्नो तागत भएको वास्तालाले बताउनुभयो । यहाँ हरुको अपेक्षा , साथ र सुझावलाई शिरोपर गर्दै आउदो मङ्सिर ४ गते हुने आमनिर्बाचनमा तनहुँ  क्षेत्र न १ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको लागी यथास्थिति वादका बिरुद्द परिवर्तनको पक्षमा  मेरो स्वतन्त्र उम्मेदवारी रहने जानकारी गराउदछु  भनि उहाँले उल्लेख गर्नु भएको छ ।
Show More

Related Articles

Back to top button