हेडलाईनसमाचार

तनहुँको विकास काँग्रेसको नेतृत्वमा भएको होः मन्त्री विक

दमौली खबर संवाददाता
दमौली २१ भदौ ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकास काँग्रेसका जनप्रतिनिधीको नेतृत्वमा भएको बताउनु भएको छ । सो कुरा मन्त्री विकले आज व्यास नगरपालिका–१ भादगाउँ स्थित सृजनशिल टोलविकास सस्थाद्धारा निर्मित  भवनको उद्घाटन गर्दै बताउनु भएको हो । तनहुँ जलविद्युत आयोजना, अस्पतालहरु, बाटोघाटो पुलपुलेसा काँग्रेसका जनप्रतिनिधीले बनाएको उल्लेख गर्दै अधुरा कार्य पनि काँग्रेसलाई जनताले साथ दिनु पर्ने बताउनुभयो ।
साथै उहाँले चन्दा संकलन गरी भवन बनाएको कार्य प्रति प्रशंसा गर्नुभयो । कार्यक्रम टोलका अध्यक्ष गुमानसिंह आलेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, समन्वय समितिका पूर्व सदस्य केशबहादुर सुनार, सस्थाकी उपाध्यक्ष सिता रामाझी  , सचिव सुकु आलेमगर, टोलका पूर्व अध्यक्ष बहादुरसिंह थापा, मेघनाथ रिमाल, बिरु घर्ति लगायतले विकास निर्माण कार्यको लागि सबै जना एक जुट भएर लाग्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको हो । भवन ५५ लाखको लागतमा बनाईएको हो । अधिकांश रकम चन्दा संकलनबाट बनाईएको भवन निर्माण समितिका अध्यक्ष गिरबहादुर थापले बाउनुभयो ।
Show More

Related Articles

Back to top button