हेडलाईनUncategorized

सांसद खानद्धारा १ महिनाको भाडा छुट

दमौली खबर संवाददाता
१२ असार
नेकपा तनहुँकी नेतृ तथा प्रतिनिधि सभा सदस्य कलिला खानले लकडाउनमा १ महिनाको घरभाडामा छुट दिएकी छिन् । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा घरमा डेरा गरेर बस्ने र विभिन्न व्यावसायहरु मारमा परका छन् । सांसद खानले लकडाउनको अफठ्यारो समयलाई मध्यनजर गर्दै आफ्नो घरमा डेरा गरेर बस्दै आएकाहरुलाई १ महिनाको भाडा ३५ हजार छुट दिएकी हुन् ।

उनले दमौली खबर संग बोल्दै भनिन् ‘ लकडाउनमा भाडा छुट दिएर अरु घरधनीलाई पनि भाडा मिनाह गर्न उत्साह मिलोस भनेर छुट दिएकी हुँ । भाडामा बस्नुहुनेहरुले केही राहत महशुस गर्दै आभार व्याक्त गरनुभएको छ । यस्तै सांसद खानले कोरोना संक्रमणको समयमा विभिन्न ठाउँमा राहत सामाग्री लगायत स्वास्थ्य सामाग्री बितरण गरेकी थिए ।

Show More

Related Articles

Back to top button