Uncategorizedपत्रपत्रिकाबाट

आबुखैरेनीमा स्कोरपियोको ठक्करबाट बालक घाईते

राजेन्द्र परयार
जेठ २९ दमौली
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी स्थित मिलनचोकमा गएराती ८ बजे सवारी दुघर्टनामा परी बालक घाईते भएका छन् । डुम्रेबाट आबुखैरेनी तर्फ जादै गरेको बा १८ च ४८०४ नम्बरको स्कोरपियोले ठक्कर दिदा जुम्ला घर भई सोही ठाउँमा मज्दुरी गरी बस्ने सुनिल सुनारका छोरा ८ वर्षिय रोशन सुनार घाइते भएका हुन् । दुघर्टनामा गम्भीर घाईत भएका सुनारको चितवान स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ भने स्कोरपियो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँका डिएपी युवराज तिमिल्सेनाले जानकारी दिए ।

Show More

Related Articles

Back to top button