देशका प्रमुख सहरहरुमा मूख्य समस्या भनेको फोहोर व्यवस्थापन रहेको छ । यस्तै समस्याग्रत सहर मध्ये पर्छ तनहुँको व्यास नगरपालिकाको भुगोलमा रहेको दमौली बजार । जुन सुकै स्थानमा गर्न खोजे पनि विरोध हुने भएकोले पनि यसको व्यवस्थापन जुटल बन्दै गएको छ । व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गलीगैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् । नगरपालिको अन्य ठाउँ बनाउने भने पनि विरोध आउने अवस्था देखिन्छ । स्थानीय जनतासँग परामर्श, छलफल गरेर अघि बढ्नु आवश्यक छ । यस क्रममा नगरपालिकाले स्थानीय जनतासँग भेट गरी राय बुझेको छ । सो अवसरमा स्थानीयले उक्त स्थान उपयुक्त नभएको जनाएपछि व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानलेले बैकल्पिक स्थानको खोजी गर्ने समेत प्रतिक्रिया दिनुभयो । प्रक्रिया अघि बढाईएको मात्रै स्थानीयसँग वातावरणीय मूल्याङ्कन र स्थानीय वासिन्दासँगको परामर्श हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । सो स्थानमा व्यास नगरपालिकाले सरसफाई व्यवस्थापन केन्द्र बनाउनको लागि जग्गा खरिद प्रक्रियाका लागि स्विकृत माग गर्ने निर्णय भएपछि स्थानीयले विरोध गरेको थियो । वडावासीको प्रतिकुल रहेकाले उक्त निर्णय उपर आम स्थानीय वासिन्दासँग छलफल हुँदा उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न नदिने निर्णय भएको छ । वातावरण विदहरुसँग रायलिएर उपयुक्त नभएमा सो ठाउँ छोड्नु पर्ने हुन्छ । तर कतिपय स्थान उपयुक्त भएपनि विरोध भएकोले व्यवस्था कसरी गर्ने भन्ने टाउको दुखाई हुन्छ । कपियले सो ठाउँमा जनप्रतिनिधी समेत सग्लन भई सस्तोमा जग्गा लिएको मुआब्जा धेरै पाउने आशमा जग्गा खरीद पक्रिया अघि बढाईएको आरोप समेत छ । यो आरोप ठिक भयो भने जनप्रतिनिधी अलोकप्रिय बन्छन् त्यसमा ध्यान दिइनु पर्दछ ।
Related Articles
केशवटार कृषि सहकारी संस्थाको अध्यक्षमा थापा
January 29, 2023
डेगुं संक्रमणबाट पाठ सिकौं
October 17, 2022
विमान दुर्घटना प्रति पूर्वगृहमन्त्री जोशीद्धारा दुःख व्यक्त
January 17, 2023
Check Also
Close
-
विपी विचार समाज तनहुँद्धारा १०९ औं विपी जयन्ती मनाइयो
September 11, 2022

