Uncategorized

सरकारको निर्देशन बेवास्ता गर्दै व्यासमा प्रअको बैठक

दमौली खबर संवाददाता

चैत ९ दमौली

अहिले संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । सरकारले कोरोना भाईरस बाट बच्नको लागि विभिन्न निर्णयहरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि २५ जना भन्दा बढी भेला नहुन सरकारले आग्रह गरको थियो । तर तनहूँको व्यास नगरपालिकाले कोरोना भाईरसको संक्रमणको रोकथाममा असाबधनी गदै व्यास नगरपालिकाले शुक्रबार व्यास नगरपालिकाको सभाहलमा अन्दाजी ५० जनाको उपस्थितीमा प्र.अ वैठक बसी बैठक सम्पन्न गरेको छ ।

वैठकमा बसेका प्र.अ लगायपत व्यास नगरपालिकाको कर्मचारीहरुले नत मास्कको प्रयोग गरेका थिए नत अन्य साबधानी अपनाउने सामग्री । वैठकमा बस्ने केहीले मात्र मास्क प्रयोग गरेका थिए । व्यास नगरपालिकको कार्यालय प्रवेश गेटमा हेल्प डेस्क राखिएको थियो । प्रवेश गर्दा सबैले सेनेटाईजर प्रयोग त गरेका थिए तर मास्क प्रयोग नगरि एक अर्काको नजिक बसेका थिए । २५ जना भन्दा बढी राखन् नपाईने भनिएता पनि लगभग ४५ देखि ६० जनाको उपस्थिती रहेको थियो । शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीका अनुसार साप्ताहीक रुपमा बसिने प्र.अ वैठकमा क्यालेन्ड निर्माण, पुस्तक वितरण सम्बन्धी छलफल गर्नको लागि नि.मावि र मा.वि तहमा प्र.अहरुलाई छुटाछुटै राखि वैठक बसेको दाबी गरे । वैठकमा नि.मा.वि र मा.वि तहका प्र.अहरुलाई एउटै हलमा राखि वैठक बसेको थियो । त्यस्तै शिक्षा शाखाको एक कर्मचारीले छुटाछुटै राखेर वैठक बस्नी भनिएको थियो तर प्र.अहरुले नमानेको कारण एकैठाँउमा राखी वैठक बसेको बताए ।

यता प्रमुख जिल्ला बद्रिनाथ अधिकारीले २५ जना भन्दा बढी राखेर वैठक बस्न नहुने बताए । उनले तनहँु प्रशासनले सबै साबधानी अपनाउदै विभिन्न ठुलो कार्यक्रमहरु समेत स्थगित गरिएको बताए । उनले सबै स्थानिय तहले सरकारले भनेको निर्णय पालना गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारीका अनुसार बसहरुमा चेकिङ गदै २५ जना भन्दा धेरै नराख्न आग्रह गरिएको बताए । कोरोना भाईरसको सक्रमंण नेपालमा नदेखिए पनि सबैले साबधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउन्छन् ।

Show More

Related Articles

Back to top button