हेडलाईनUncategorized

पहिरोमा परि ज्यान गुमाउनेको संख्या ११ पुग्यो

दमौली खबर संवाददाता

तनहुँमा आईतबार राती परेको भिषण बर्षाले आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । भने अझै एक जना वेपत्ता छन् । बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ५२ बर्षिय पदम भुजेल (चेपाङ) को शव मंगलबार दिउँसो चार बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

सोमबार विहान घरमाथीबाट आएको पहिरोमा पुरिएर वेपत्ता उनी बेपत्ता भएका थिए । वेपत्ता भएलगत्तै नेपाल प्रहरी, सेनाको टोली उद्धारमा खटिएको थियो । तर पहिरो ठुलो गएकाले मंगलबार उद्धारमा नेपाल प्रहरीले जेसिबी प्रयोग गरेपछि शव भेटिएको हो । घरमा पसेको भेल तर्काउदै गर्दा घरमाथीबाट खसेको पहिरोले भुजेललाई पुरेको डिएसपी युवराज तिम्लसिनाले बताए । उनका अनुसार संगै भएका भाई बुहारीले भने भाँगेर ज्यान जोगाउन सफल भएका थिए । तनहुँमा अझै एक जना वेपत्ता रहेका छन् । व्यास नगरपालिका–९ माझफाँटका २० बर्षिय राजेश थापा बेपत्ता रहेको प्रहरी जनाएको छ । उनको जेसिबी प्रयोग गरेर नेपाल प्रहरी र सेनाको टोलीले खोजी गरीरहेको डिएसपी तिम्लसिनाले बताए । सोमबार माझफाँटमा चार जना मृत भेटिएका थिए । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोरा २४ वर्षीय मनोज र बुहारी २१ वर्षीया अन्जनाको निधन भएको हो ।

यस्तै माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको निधन भएको छ ।

उता आईतबार राती आएको भिषण बर्षाले ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीँकिलीमा आनबहादुर थापाको परिवारका ५ जनाले ज्यान गुमाए । उनीहरुको शव सोमबार भेटिएको हो । घरभन्दा माथीपट्टिबाट खसेको पहिरोले घर पुरिँदा आनबहादुरका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया, नातिनी पाँच वर्षीया अमिषा, २२ वर्षीय महादेव छोरा महादेव र निजकी श्रीमती १९ वर्षीया मनिसराको निधन भएको तनहुँ प्रहरीले जनाएको छ । सोमबार विहान घरमाथीबाट आएको पहिरोमा पुरिएर वेपत्ता उनी बेपत्ता भउका थिए । वेपत्ता भएलगत्तै नेपाल प्रहरी, सेनाको टोली उद्धारमा खटिएको थियो । तर पहिरो ठुलो गएकाले मंगलबार उद्धारमा नेपाल प्रहरीले जेसिबी प्रयोग गरेपछि शव भेटिएको उनले बताए ।

घरमा पसेको भेल तर्काउदै गर्दा घरमाथीबाट खसेको पहिरोले भुजेललाई पुरेको डिएसपी तिम्लसिनाले बताए । उनका अनुसार संगै भएका भाई बुहारीले भने भाँगेर ज्यान जोगाउन सफल भए ।

बेपत्ता रहेका व्यास नगरपालिका–९ माझफाँटका २० बर्षिय राजेश थापा को जेसिबी प्रयोग गरेर नेपाल प्रहरी र सेनाको टोलीले खोजी गरीरहेको डिएसपी तिम्लसिनाले बताए ।

Show More

Related Articles

Back to top button