Uncategorized

युवा समाजसेवी श्रेष्ठद्वारा २५० घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण

दमौली खबर संवाददाता
चैत २० दमौली
तनहुँको आँबुखैरेनी गाउँपालिका–३, तनहुँ निवासी युवा समाजसेवी अभियान श्रेष्ठद्धरा आँबुखैरेनी गाउँपालिका भित्रका २ सय ५० घरधुरीलाई सेनिटाईजर, डिटोल साबुन र मास्क बितरण गर्नुभएको छ । विश्वब्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना भाईरसको संक्रमण हुन नदिन केन्द्रिय सदस्य शंकर भण्डारी, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, नेपाली कांगे्रस आँबुखैरेनी गाउँ कार्य समितीको विशेष पहल तथा नेपाल तरुल दल आँबुखैरेनी इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहुनभएका युवा समाजसेवी अभियान श्रेष्ठको सहयोगमा गाउँपालिकाको सम्पूर्ण वडाहरुलाई समेट्ने गरी सेनिटाईजर, डिटोल साबुन र मास्क बितरण कार्य जारी रहेको बताईएको छ ।

यसैगरी, आज आँबुखैरेनी–३, कोट गाउँ र भागे गाउँमा सेनिटाईजर, डिटोल साबुन र मास्क वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, आँबुखैरेनी–३, नमूना खत्री टोल र प्रगती टोलमा आज कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि डिसइन्फेक्टेण्ट स्प्रे छरिएको छ । डिसइन्फेक्टेण्ट स्प्रे छर्न छुटेको यस क्षेत्रको अन्य ठाउँमा स्प्रे छर्नु परेमा मोबाईल नम्बर ९८१९१८४००० मा सम्पर्क गर्न श्रेष्ठले आग्रह गर्नुभएको छ ।

Show More

Related Articles

Back to top button