Uncategorized

सारङगीमा पुरानो जिवन खोज्दै बृद्धिराम,

दमौली खबर संवाददाता
चैत ९ दमौली, तनहुँ

लमजुङका बुद्धिराम गन्धर्व उमेरले ५० बर्ष नाङगे । १३÷१४ बर्ष वर्ष पहिले नै गन्धर्वले सारङ्गी रेटेरै उनले आफनो जिवन बिताए । उनलाई सारङ्गी रेट्ने कामदेखि टाढा रहन मन छैन ।

लामो समयदेखि सारङ्गी रेटेर आफ्नो गुजारा चलाउँदै आएका उनले गाउँ शहरमा पुगेर सारङ्गी रेट्दै गीत गाउँदै गर्दा उनलाई साँझ बिहान बितेको पत्तै नहुने उनी बताउँछन् । बाउबाजेबाट घरमा सानै उमेरदेखि नै सारङ्गी रेट्ने सीप सिकेका बृद्धिराम युवा उमेरदेखि नै पेशागत हिसाबले सारङ्गी रेट्दै गीत गाउँदै गाउँबस्तीमा जान थालेका अनुभव सुनाउछन् ।

अहिले उनलाई सारङ्गी रेट्न र मायाप्रेम, ख्यालठट्टाका गीत गाउनमा उत्तिकै जोश जाँगर बढेर आउने उनी सुनाउछन्। सारङ्गीको धुन निकालेपछि झन् जोशजाँगर बढेर आउँने अनुभव सुनाउने उनले आफ्नो बुवाले पनि यहि पेशा अगालदेै आएको बताए । उनको ८ छोरा छोरी छन् । आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्दै गीत–संगीतलाई नै जीविकोपार्जनका माध्यम बनाएर हिडेका उनले यहि पेशाबाट घरखर्च धान्दै आएका छन् । उनी भन्छन्,‘गाउँदै हिड्दा कसै‌ले‌ गाली गर्छन् , हातपाखुर‌ा छ किन माग्दै‌ हिँडे‌को‌ भन्छन् त्यस्तो भन्दा साह्रै‌ नर‌माइलो‌ लागेपनि त्यो‌ नर‌माइलो‌ पल्लो‌ घर‌मा पुगे‌र‌ गीत गाउन थाले‌पछि बिर्सिहाल्छु ।’ बुबाले‌ मात्र हो‌इन, हजुर‌बुबाले‌ पनि गीत गाएको‌ याद भएको बृद्धिमानले बताए । अहिले‌ आफूहरुको‌ पे‌शा शङ्कटमा पर‌े‌को‌मा उनी दुःखी छन् ।

Show More

Related Articles

Back to top button