Uncategorizedजीवनशैली

समाजको नजरबन्द

तनहुँको भानु नगरपालिकाका एक कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएपनि सामाजिक बहिष्कार गरिएको छ । भानु नगरपालिकामा कार्यरत ओभरसियर संजीव अधिकारीको १० दिनअघि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेभेटिभ आएको थियो । तर उनीसँगै काम गर्ने इञ्जिनियरलाई भने संक्रमण देखिएको थियो । त्यसपछि अधिकारी भानु ११ स्थित आफनो दिदी अञ्जना अधिकारी पौडेलको धन्सारमा गएर छुट्टै बस्दै आएका थिए । कोरोना रिपोर्ट नेभेटिभ आए पनि उनले विभिन्न स्वास्थ्य मापदण्डको पालना गदै छुटै बस्दै आएका थिए । तर टोलबासीले भने आफ्नो घरमा नबसेर दिदीकोमा बस्न आयो भन्दै विरोध जनाएका छन् । टोलले सञ्जीव मात्र नभएर दिदी अञ्जनासहित सपरिवार नै घर बाहिर ननिस्कन उर्दी जारी गरेका छनु । संक्रमीतको सम्र्पकमा आएमा भन्दै स्थानिय टोलीले उर्दी जारी गरेका हुन् । टोलका एक स्थानिय भने, “ सरकारको परिक्षण राम्रो भएपो विश्वास गर्नु यसरी संक्रमीत व्यक्तिको सम्र्पकमा आएको व्यक्तिलाई टोलमा राख्न मिल्छ । ” उनले थपे, “ कि आफनै घरमा बस्नु पर्छ ।नत्र हाम्रो टोलमा आएर कोरोना सार्न पाईदैन ।

” यता अधिकारीले भने आफूहरु पढेलेखेकै आफने कोरोना रिपोर्ट नेगेटिभ आए पनि सुरक्षित रुपमा बसिरहेको बेला समाजले नै भ्रम फैलाएर आफन्तमा मानसिक तनाव दिने काम भएको बताए । उनले भने, “रिपोर्ट नेभेटिभ आएको छ । त्यही पनिमा सुरक्षती ढङगले बसेको छु । ” उनले अफवाह फैलाउनेहरुमाथि कारवाही हुनुपर्ने माग गरको छन् । कतिपयले भने वडाध्यक्ष तारानरेश पौडेल र टोल विकास संस्थाका अध्यक्षको नेतृत्वमा सञ्जीव परिवारलाई नजरबन्दमा राखेको आरोप लगाएका छन् ।

सञ्जीवसँगै नगरप्रमुल वडाध्यक्ष लगायतको नेगेटिभ रिपोर्ट आएको थियो । तर कर्मचारी अधिकारी र उनको परिवारलाई मात्र नजरबन्दको स्थितिमा राख्नु अमानवीय भएको भन्दै व्यापक विरोध समेत भएका छन् । पीसीआर रिपोर्ट नेगेटिभ आउँदा पनि घर बाहिर समेत ननिस्कन नदिएको भन्दै अमानवीय व्यवहार भएको हुँदा दोषीहरूलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै स्वास्थ्यकर्मीले कोरोना रिपोर्ट नेगेटिभ आएको व्यक्ति र स्वास्थ्यकर्मी अन्जना सहित निजको परिवारप्रति भएको दुव्यवहारको खेद प्रकट गदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् उक्त घटनामा संलग्र रहेका टोल सुधारका अध्यक्ष अधिकारी र वडाअध्यक्ष पौडेललाई कारबाही नगरेमा काम ठप्प पारि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । भानु नगरपालिका जनस्वास्थ्य निरीक्षक शिवराज मिश्रले कोरोनाको महामारीको बेलमा निस्वार्थ रुपमा स्वास्थ्य क्षेत्रमा खटिरहदाँ स्वास्थ्यकर्मी भएको दुव्य्रवहारको भएको घटनामा आपत्तिजन रहेको बताए ।

वडाध्यक्ष पौडेल भने आफु माथि लागेको आरोप असत्य रहेको बताउन्छन् । उनले सञ्जीवसँगै काम गर्ने, बस्ने इञ्जिनियरलाई कोरोना पोजेटिभ पुष्टि भएपछि सुरक्षित ढंगले बस्नु भनिएको तर नजरबन्द गर्ने काम नगरिएको बताए । उनले भने, “आफू र टोल विकास संस्थाले सामाजिक बहिष्कार गर्ने तथा नजरबन्द गर्ने काम नगरेको छैन ।सुरक्षीत ढङगबाट बस्न भनिएको हो ।”

Show More

Related Articles

Back to top button