समाचारUncategorized

श्रेष्ठद्वारा सत्यवतीमा पाँच लाखको अक्षयकोष स्थापना

व्यास ३ दमौलीका जेष्ठ नागरिक समाजसेवी राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदानको लागि अक्षयकोषको स्थापना गरेका छन् । छात्रवृत्तिको लागि श्रेष्ठले पाँचलाख रुपैयाँको अक्षय कोष निर्माण गरेका हुन् । गतवर्ष ८४ औं जन्मदिनको अवसरमा दुइलाख बाट स्थापना भएको कोषमा हाल तीन लाख थप गरी पाँचलाख पु¥याएका हुन् । छोरा सान्तकुमार श्रेष्ठ एवं बुहारी इन्द्रकलाश्रेष्ठले संय्क्त रुपमा विद्यालयका प्रअ इन्द्रप्रसाद पौडेल र विव्यस अध्यक्ष सूर्य अधिकारी लाई रकम हस्तान्तरण गरेकाथिए । उक्त रकम दमौली स्थित शुभश्री बचत तथा ऋण सहकारी दमौलीमा राजकुमार श्रेष्ठ छात्रवृत्तिकोष को नाममा जम्मा गरिएको र त्यस बापत प्राप्त व्याजले गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिने भएको छ ।

Show More

Related Articles

Back to top button