Uncategorized

संसद श्रेष्ठद्धरा जिल्लाका विभिन्न निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राजेन्द्र परियार / मदन तिमिल्सेना
चैत २० दमौली
प्रतिनिधि सभा सदस्य एबंम तनहुँ क्षेत्र १ का संसद कृष्ण कुमार श्रेष्ठ किसानले बिहिबार जिल्लाका विभिन्न निकायहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छन् । बिहिबार बिहान मात्रै गृह जिल्ला तनहुँ आएका श्रेष्ठले जिल्लका सरकारी निकायलाई करिब पन्ध्र हजार थान माक्स र केहि थान पि.पि.ई अर्थात पर्शनल प्रोटेक्टीभ इकुप्मेन्ट वितरण गरेको हुन् । उनले आफ्नो क्षेत्रमा रहेका सबै पालिका प्रमुख र सरकारी कार्यलयका प्रमुखहरुलाई माक्स , सेनिटाइजर , पि.पि.ई हस्तान्तरण गरेका हुन् ।

बिहिबार राजधानीबाट आउदा आउदै आबुखैरेनी गाँउपालिकालाई १५ सय थान माक्स र स्वास्थ्यकर्मी लाई आवश्यक पर्ने ५ थान पि.पि.ई त्यसै गरी भानु नगरपालिकालाई माक्स २ हजार थान पि.पि.इ १० थान, व्यास नगरपालिकालाई माक्स २ हजार थान पि.पि.ई ३ थान, देवघाट गाँउपालिकालाई १५ सय थान माक्स ५ थान पि.पि.ई , जिल्ला प्रशासन कार्यलय तनहुँलाई २५० थान माक्स, जिल्ला प्रहरी कार्यलय तनहुँलाई ७५० थान माक्स ४ लिटर सेनिटाइजर, सशस्त्र प्रहरी बल भानुलाई २५० थान माक्स २ लिटर सेनिटाइजर, ईलाका प्रहरी कार्यलय अबुखैरैनिलाई २५० थान माक्स १ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक कार्यलय तनहुँलाई २५० माक्स मुग्लिन प्रहरीलाई ५० थान माक्स र पत्रकार महासंघ तनहुँलाई २५० थान माक्स बितरण गरेको हुन् ।

संसद श्रेष्ठले दमौली खबर संगको कुराकानीमा भने आफुले जिल्लाबासीमा कोरोनाको संक्रमण नफैलियोस भनेर आफ्नो व्यक्तिगत खर्चमा स्वास्थ्व सामाग्री हस्तान्तरण गरेको बताए । उनले भने ” जिल्लाबासीको सुरक्षाको लगि आफले जस्तो सुकै कदम चाल्न पनि तयार छु । श्रेष्ठले कसै बिमारीलाई कोठाको अवश्यक परेको खण्डमा दमौली अस्पतालमा भेन्टिलेटर, मनिटर सहितको ५ बेड निमार्णको लागि पनि आफु तयार रहेको बताएका हुन् ।

यस अघि श्रेष्ठले लक डाउनको समयमा जिल्लाबासीलाई केही समस्या भएमा आफुलाई बताउन समेत आग्रह गरेको थिए । श्रेष्ठले स्वास्थ्य सामाग्री बितरण गरे संगै जिल्ला बासीमा उनको हाई हाई बढेको छ । व्यास ३ का स्थानिय कमल बिक भन्छन् ” अरुले नगरेको काम उहाँले गर्नुभएको छ, यो निकै उहारणिय काम हो । जिल्लाका अरु जन प्रतिनिधि  पनि उहाँबाट प्रेरणदय हुनुपर्छ ”  । श्रेष्ठ संसद भए पछि जिल्लामा धेरै बिकासको काम भएको पनि उनले जिकिर गरे ।

 

Show More

Related Articles

Back to top button