Uncategorized

लक डाउन अवधि भर तरकारी पसल खोल्न नपाइने

राजेन्द्र परियार
चैत २० दमौली
संसारभर फैलिएको कोरोना भाइरसको जोखिम तथा नियन्त्रणलाई मध्यनजर गर्दै आज बाट दमौलीमा रहेको तरकारी पसलहरु खोल्न नपाइने भएको छ । सरकाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै देशनै लक डाउन गरेको अबस्था रहेको छ । आज लक डाउन भएको ११ दिन सम्म पनि दमौली बजारका तरकारी पसलहरु भने खुल्ला रहेको थियो । जिल्ला प्रशासन कार्यलय तनहुँले खाद्यन्य र तरकारी पसलहरु बिहान ६–१० र बेलुका ४ देखि ७ बजे सम्म खोल्न अनुमति दिएको थियो । यो अनुमति दिए लगतै समाजिक संजालमा निणय सच्चाउनको लागि संसद देखि मानवअधिकार कर्मी सम्मको चौतर्फी बिरोघ आएको थियो ।

बिहिबार बिहान व्यास नगरपालिकामा वडा ३ का वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आजबाट लक डाउन अबधि भरका लागि तरकारी लाइन बन्द गर्ने निणय गरेको हो । ” बिषेश गरि बिहानको समयमा र बेलुकाको समयमा यस क्षेत्र अत्याधिक भिड भएको पाइयो र संक्रमण सर्ने संम्भावना धेरै रहेको हुदा हामीले यस क्षेत्रलाई बन्द गर्ने निणय गरेको हौं ”  वडा सदस्य रविन पौडेलले दमौली खबर संग भने । उनले भने ” हामीले सबै उपभोक्तालाई तरकारी उपलब्ध गराउन जिल्ला भित्रको उत्पादनलाई ट्रकमा राखेर टोलटोलमा र घर घरमा आपुर्ति गर्ने निणय गरेका छौं यो प्रभाबकारी हुनेछ ।”

नगरपालिकामा बसेको बैठकले यस निणय संगै बाँकी तिन निणय कार्यनयन गर्ने भएको हो । जस अनुसार शवदाहघाटमा मलामि जाँदा संख्या सक्दो कम र सामाजिक दुरी कायम गर्ने , वडामा हालै विदेशबाट आएर क्यारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य जाचँ र रेखदेखका लागि सरोकारवाल निकायको ध्यानाकर्षण गराउने र वडा भित्र दैनिक ज्यालादारी मजदुरी गरी जिविकोपार्जन नागरिकको नामावली टोल बिकास संस्थाहरु संग समन्वय गरी राहत बितरण गर्ने निणय गरेको छ । बैठकमा वडा सचिव अर्जुन कुमार श्रेष्ठ , वडा सदस्य रविन पौडेल , श्रीमाया बि.क आदिको उपस्थिती रहेको वडा सदस्य रविन पौडेलले जानकारी दिए ।

Show More

Related Articles

Back to top button