Uncategorizedजीवनशैली

संक्रमण फैलिए पछि भानुमा लम्बिदै निषेधाज्ञा

भानुमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढ्दै थप १० निषेधाज्ञा गरिएकोे छ। संक्रमीतको सम्र्पकमा आएको समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो। गत साउन २७ गते देखि भानुमा निषेधाज्ञा जारी गरिएको थियमे ।

२७ गते नगरपालिकाले अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाएको थियो। त्यसपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो। आइतबार मात्र भानु ६ र ७ मा एकै साथ २२ जनामा संक्रमण देखिएपछि आइतबार सकिने निषेधाज्ञा लम्ब्याइएको हो। वास्थ्य निर्देशालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार भानु नगरपालिका–६ र ७ का १९ जना पुरुष सहित बाँकी तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा भानु नगरपालिका–६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८, ६२ वर्षीय पुरुष छन् । त्यस्तै भानु नगरपालिका–७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, , २७ र ३८ वर्षीया पुरुष छन् । त्यस्तै वडा नं ७ कै ८, ५४ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । संक्रमीतको सम्र्पकमा आएको भदौ १० गते १ सय ७५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । जसमा २२ जना नयाँ सक्रंमीत थपिएका हुन् । यो सहित तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७५ पुगेको छ भने निको हुनेको सङ्ख्या १ सय ९९ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

भानु नगरपालिकाको वडा नम्बर १ बाट सुरु समुदाय संक्रमण वडामा पनि विस्तार हुन थालेपछि जोखिम बढेकाले नगरपालिकाको अनुरोधमा निषेधाज्ञा आदेश जारी भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। अब भाद्र २४ गतेसम्मको निषेधाज्ञाको अवधि पूरा भएमा भानु लगातार एक महिना बन्द हुने तहमा पर्नेछ। भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले संक्रमणको जोखिम बढेकाले कन्ट्याक्ट ट्रेसिङका काममा नगरपालिका केन्द्रीत हुने बताए। ‘हाम्रो ध्यान पूरै कन्ट्याक्ट ट्रेसिङ गर्दै अरुलाई थप क्षति हुन नदिनेमा केन्द्रित छ’, उनले भने। भानु नगरप्रमुख उदयराज गौलीले सावधानी अपनाउँदा अपनाउँदै पनि नगरका विभिन्न भागमा फैलने अवस्था आएकाले संक्रमणको दर कम गराउनका लागि निषेधाज्ञा गरेर अझ संक्रमण रोक्न लागेको बताए।

Show More

Related Articles

Back to top button