समाचारUncategorized

तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा वृद्ध पक्रा

तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।भानु १० का बलराम सापकोटामाथि नौ, ११ र १२ वर्षका तीन बालिकामाथि पटक पटक बलात्कारको अभियोग जिल्ला प्रहरी कार्यालय तनहँुले नियन्त्रणमा लिएको हो । तीन बालबालिकामाथि पटक पटक बलात्कार गरेको भन्दै आफन्तले प्रहरीलाई उजुर दिएका थिए । उजुरी परे लगत्तै प्रहरीले उनलाई आईतबार घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । वृद्धमाथि गत असार १५ र साउन ४ गते बलात्कार गरेको अभियोग छ । तिमल्सेनाका अनुसार घटना पहिलेको भए पछि मौखिक जाहेरी परे पछि वृद्धलाई पक्राउ गरिएको छ । उनले भने,‘जाहेरी दर्ता भएकाले मुद्दामा अनुसन्धान थालेका छौं ।’ अदालत बन्द भएकाले खुलेपछि उनीमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाउने प्रहरीको भनाई छ ।

Show More

Related Articles

Back to top button