Uncategorizedजीवनशैली

उपचार खर्च जुटाउन घर दैलो

तनहुँको व्यास नगरपालिका–४ स्थित व्यास युथ क्लवले मिर्गौला र क्यान्सर पीडितहरुलाई आर्थीक सहयोग गरेको छ । क्लवले व्यास नगरपालिका–४ का दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठ, व्यास नगरपालिका–२ निवासी मिर्गौला पीडित राजु गुरुङ र व्यास नगरपालिका–१ निवासी क्यान्सर पीडित पार्वती गुरुङलाई उपचारका लागि सहयोग गरेको हो ।

क्लबले घरदैलो कार्यक्रम मार्फत संकलन गरेको रकम विभिन्न रोग बाट पिडित भई उपचार गर्न नपाएकालाई सहयोग हस्तान्तरण गरेको हो । सोही क्रममा रामलाललाई ७० हजार आर्थीक सहयोग प्रदान गरेको छट । त्यस्तै राजुलाई रु २० हजार र पार्वतीलाई रु २० हजार सहयोग गरिएको क्लवका अध्यक्ष मिनबहादुर गुरुङ (चरीबाबा)ले जानकारी दिए । क्लवका सचिव मनोज राउतले आर्थीक समस्याका कारण उपचार गर्न नपाएकाहरुलाई क्लबले घरदैलो कार्यक्रम गरि सहयोग हस्तान्तरण गरिएको बताए । उक्त कार्यमा दमौली घर भई हाल बेलायत रहनुभएका राजन गुरुङ र निर थापाले समेत सहयोग पु¥याएको क्लबले जनाएको छ ।

Show More

Related Articles

Back to top button