समाचारAll

शोक मनाउन महोत्सव स्थिगित

दमौली खबर संवाददाता

तनहुँ, माघ २ । पोखरामा आईतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने प्रति शोक मनाउन दमौलीमा जारी पाँचौ आदिवासी जनजाति तनहुँ सास्कृतिक एवम् पर्यटन तथा महोत्सव स्थिगित गरिएको छ ।

महोत्सवका मुल संयोजक सुजित हिराचन र प्रवक्ता नन्दु थापा मगरद्धारा जारी विज्ञप्तिमा घटना प्रति दुःख व्यक्त गर्दै शोक मनाउन एक दिन सोमबार बन्द गरिएको जनाईएको छ । एक दिन स्थिगित भएकोले माघ ३ गतेको समापन कार्यक्रम माघ ४ गते सारिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Show More

Related Articles

Back to top button