समाचार

तेस्रो नम्बरमा तनहुँ प्रहरी

दमौली खबर संवाददाता
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय तनहुँले माघ–चैतमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेशका प्रहरी कार्यालयमा तेस्रो नम्बरमा राखेको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याल र जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेल, होबिन्द्र बोगटी र एसपी जीवन श्रेष्ठबीच भएको कार्य सम्पादन सम्झौता अनुसारको मूल्यांकनमा जिप्रका तनहुँ तेस्रो भएको हो । पहिलोमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र कास्की दोस्रो भएका हुन् । प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट जिल्ला छनोटसम्बन्धी मूल्यांकन कार्यविधि २०७७ अनुसार प्रहरी कार्यालयको मूल्यांकन गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा मूल्यांकन गरेको हो ।प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको मूल्यांकनपछि निर्णय गरेको हो । यसका लागि प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) मोहनप्रसाद पोखरेलको संयोजकत्वमा टोली गठन भएको थियो । प्रदेश प्रहरीको मूूल्यांकन अनुसार पहिलो जिल्ला प्रहरी कार्यालय स्याङ्जा, दोस्रो जिल्ला प्रहरी कार्यालय कास्की र तेस्रो जिल्ला प्रहरी कार्यालय तनँहु भएका छन् । यसको निर्णय आइतबार भएको हो । अहिले कास्की प्रहरीको नेतृत्व एसपी जीवन श्रेष्ठ र तनँहुु प्रहरीको नेतृत्व एसपी अरुण पौडेलले गरिरहेका छन् ।

Show More

Related Articles

Back to top button