सम्पादकीयAll

हाम्रा हैन राम्रालाई टिकट दिन जरुरी

निर्वाचन आयोगले वैशाख १० गते तनहुँको क्षेत्र नं. १ मा उप निर्वाचको मिति तोकेपछि भएपछि चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्यमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएकोले चुनावी सरगर्मी बढ्नु स्वाभविक हो । क्षेत्र नं. १ मा उपनिर्वाचनको मिति तोकिएसँगैपार्टीका नेताहरु टिकटको लागि दौडधुपमा गरेका हुन् । राम्रालाई भन्दा हाम्रालाई टिकट दिने गरिएकोले देशमा सक्षम नेता नहुँदा नेपालको विकास प्रभावित भएको छ । योग्य नेता भए देशको जमिन बाँझिने, युवाहरु रोजगारीको लागि विदेशिनु बाध्यता हुने थिएन । जुनसुकै पाटी किन नहोस् उसले गरेको कामको मूल्याङ्कनको आधारमा टिकट दिनु पर्दछ । व्यक्तिगत स्वार्थमा फँसेर योगदान भन्दा पनि चाकडी गरेको, आर्थिक सहयोग गरेको, पाटी चलाउन आर्थिक सहयोग जुटाउन सक्ने जस्ता आकांक्षीलाई टिकट दिने हो भने देश पछि पर्छ । नेताले जित्ने तर जनताले हार्ने अवस्था आउन दिनु हुँदैन ।

उपनिर्वाचनको मिति तय भएपछि केन्द्रीय नेताको तजविजमा टिकट दिईने भएकोले धेरै जना राजधानी धाईसकेका छन् । जसको विचार छ, योजना छ , जनताले मन पराएका छन् त्यसको आधारमा टिकट दिइनु पर्दछ । टिकट दिने पार्टीले सम्बन्धित निर्वाचन क्षेत्रमा पुगेर मतदाताले कुन उम्मेदवार चाहेका छन् त्यसबारे ध्यान दिनु पर्दछ । जनताले रोजेको नेतालाई टिकट दिईयो भने न्यायचित हुन्छ । सिमित घेरा गर्ने, गुटबन्धी चलाउनेलाई भन्दा योग्य,क्षमतावान र उसले विगतमा दिएको योगदानको आधारमा टिकट दिनु पर्दछ ।

Show More

Related Articles

Back to top button