समाचारकोरोनाभाइरसस्वास्थ्य

फेरी उकालो लाग्यो कोरोना दर

दमौली खबर संवाददाता
तनहुँमा फेरी कोरोना संक्रमण दर उकालो लागेको छ । बुधबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिनेमा २३ महिला र ३२ पुरुष रहेका छन् । त्यसमध्ये स्वास्थ्य कार्यालयमा गरिएको एन्टिजेनबाट ६ जना पहिचान भएका हुन् । यसैगरी तनहुँमा थप दुईको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भिमाद र व्यासका एक÷एक जनाको मृत्यु भएको हो । भिमाद–२ का ४१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा जेठ ८ गते कोरोना पुष्टि भएको थियो । त्यस्तै व्यास–४ का ६३ वर्षीय पुरुषको दमौली अस्पतालमा मृत्यु भएको छ । उनमा जेठ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Show More

Related Articles

Back to top button