समाचार

शुक्लागण्डकी एफएम अब पुर्णकुमारको नेतृत्वमा

तनहुँको दुलेगौँडाबाट प्रसारित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जको अध्यक्षमा पुर्णकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा ज्योतिकुमार श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई ऋतु, सहसचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा शिव पौडेललाई चयन गरिएको छ । सदस्यहरुमा सुजित हिराचन, बुद्धीबहादुर थापा, सुवासचन्द्र गिरी, हरिलाल रिमाल, राजेन्द्र पौडेल, टिकाराम श्रेष्ठ र दिनेश घिमिरे रहेका छन् । यो समितिको कार्यकाल २ बर्ष रहनेछ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले रेडियोको स्तरबृद्धीमा लाग्ने प्रतिबद्धता जनाए । उनले कानुन अनुसार सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रतालाई ख्याल गर्दै रेडियोले तिब्र गतिमा समाचार र मनोरञ्जन प्रदान गर्दै अगाडी बढ्ने बताए । ४ बर्ष अगाडी स्थापित रेडियोको स्थापनाकालदेखी दुई कार्यकालसम्म नारायणकुमार श्रेष्ठ अध्यक्ष बनेर रेडियोलाई हाँकेका थिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारस्थित विपीचोकबाट प्रसारण हुने एफएम तनहुँका विभिन्न भुभागसंगै छिमेकी जिल्ला स्याङजा, कास्की, नवलपुर, पाल्पा लगायतका जिल्लामा सुन्न सकिन्छ ।

यसअगाडी भएको रेडियोको चौथो साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले सञ्चार जगतले समाजको विकृती विसंगती न्यूनीकरणमा सघाउनुपर्ने गर्नुपर्ने बताईन् । पर्यटकिय गन्तव्यको विकासमा सञ्चार माध्यमको भुमिका अतुलनिय रहने बताउदै उनले भनिन्, ‘शुक्लागण्डकीमा धेरै सम्भावना बोकेका पर्यटकिय स्थल छन् । ति स्थलको प्रचारप्रसारमा महत्वपुर्ण भुमिका शुक्लागण्डकी एफएमले खेल्न जरुरी छ ।’

Show More

Related Articles

Back to top button