हेडलाईनसमाचार

दमौलीमा प्रचण्ड–नेपाल समूहको भेला,सुर्य चिन्ह आफनै हुने दाबी गरे

बहुमत सदस्यको उपस्थिति दाबी गर्दै तनहँुको दमौलीमा नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) समूहले कार्यकर्ता भेला गरि प्रशिक्षण दिएको छ । एक सय ४५ जनाको जिल्ला कमिटिमध्ये आईतबार दमौलीको तनहँु उद्योग वाणिज्य संघको सभा हलमा भएको भेलामा ८० जना भन्दा बढीको उपस्थिति उठाइएको नेकपा तनहँुका सचिव राजेन्द्रकेशरी न्यौपानेले दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय तनहँुको नामबाट भेला आव्हान गरिएपनि पार्टी विभाजन भएकोले पार्टिका केही सदस्य भने बैठकमा उपस्थित रहेको थिएन । पार्टि भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमानले गोलबद्ध भएर कम्युनिष्ट आन्दोलनमा लाग्न आग्रह गरे । उनले सविंधान माथि नराम्रो ढङगबाट प्रहार भएको बताउदै संरक्षण गर्न तर्फ लाग्नु पर्ने समेत बताए । उनले भने, “लोकतन्त्र र गणतन्त्रबाट बनेको सविधान माथि प्रधानमन्त्री र राष्ट्रपतिबाट नराम्रो रुपमा प्रहार भएको छ । ” केन्द्रीय सदस्य पिएल श्रेष्ठले देशमा संकटकाल आउने सम्भावना रहेको भन्दै सडक देखि आन्दोलनको सुरुवात गर्नुपर्ने बताए । उनले भने,“प्रतिगमन विरुद्ध हामी सबै लाग्न जरुरी रहेको छ । नत्र देशमा ठुलो संकटकाल आउने सम्भावना रहेको छ ।” केन्द्रिय सदस्य आशा कोइरालाले सबै मिलेर अगाडी बढ्ने आवश्यक रहेको बताईन् । उनले भनिन्,“घरायसी झगडालाई किन ठूलो बनाउने सबै मिलेर अगाडी बढ्न आवश्यक छ । ” कार्यक्रममा केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, अञ्चल कमिटी सदस्य शंकरनारायण श्रेष्ठ, चित्र थापा र ओमकुमारी पौडेलले पनि प्रशिक्षण दिदै कानुनी रुपमा हेर्दा सुर्य चिन्ह आफनै हुने बताए । नेकपाको जिल्ला अध्यक्ष रहेका केदार सिग्देल ओली पक्षका रहेका छन् । न्यौपानेको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा ओली समूहले बैठकमा बहुमत सदस्यको उपस्थिति नभएको बताएको छ । बैठकमा नेता विष्नुभक्त सिग्देल, नगर इन्चार्ज श्रीराम कार्की लगायतको पनि उपस्थित थिए ।

Show More

Related Articles

Back to top button