समाचारविचारUncategorized

तीन वटा बस्तीको घर घरमा पानी पु¥याउने योजना नगरपालिकालाई डिपिआर हस्तान्तरण

लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका व्यास ५को तीन बस्तीको घर घरमा खानेपानी पु¥याईने भएको छ । व्यास ५ को चुँदेर, नेपालटार र रानीटारीका दुई सय २९ घरधुरीको घर÷घरमा खानेपानी पु¥याउन पंधेरीखोला खानेपानी तथा सरसफाई योजनाको विस्तृत परियोजना प्रतिवदेन ( डिपिआर ) निर्माण गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ । अमेरिका स्थित रहेको रोटरी क्लब अफ होनोलुल सनसेट र रोटरी क्लब अफ दमौलीको सक्रियतामा उक्त खानेपानी योजना निर्माण हुने भएको हो । दमौली स्थित रहेको स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार पारेको डिपिआर नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिएको हो । एक करोड १६ लाख रुपैयाँको लागतमा निर्माण हुने खानेपानी योजनाका लागि अमेरिकाको होनोलुलुस्थित रोटरी क्लब अफ होनोलुलुले ८८ लाख ८१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ,रोटरी क्लब अफ दमौलीको ३ लाख र बाँकी स्थानीय सरकारको सहभागीतामा बन्न लागेको योजनाबाट एक हजार आठ लाभाविंत हुने भएका छन् । स् कन्सल्टेन्सीका इन्जिनियर सुवास गौतमले पहिला ७८ घरधुरी प्रयोग गरी रहेको मुहानबाट तीन बस्तीलाई पुग्ने गरि डिपिआर तयार पारिएको बताए ।

उनका अनुसार आठ सय ४५ मिटरको दुरीमा रहेको मुहानबाट ईलोक्ट्रोनिक लिफट् बाट पानी ल्याई तीन वटा ट्याङकी निर्माण गरि घर घरमा पानी वितरण गर्ने गरि डिजाईन गरिएको छ । अध्ययनको अनुसार एक घण्टामा दश हजार लिटर पानी तानिने र दैनिक एक लाख आठ हजार ६ सय २९ लिटर पानी आवश्यक पर्ने भएको छ । तीन वटा मुहान मर्मत गरि ३० मिटरको ट्रान्समिसन लाईन, ५ सय ८० मिटर वितरण लाइन निर्माण गर्ने योजना रहेको छ । खोल्सा बाट निकालीएको पानीलाई मोटरबाट तानि डाँडामा पु¥याई तीन बस्तीको घर घरमा पानी वितरण गरिने भएको छ । खानेपानीको योजना निर्माणको लागि क्लबले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै नगर प्रमुख न्यौपानेले निर्माण कामलाई गति दिइने बताए । खानेपानी योजना सुरु चाँडै सुरु गर्न आवश्यक सहयोग गरिने रोटरी क्वलव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए ।

Show More

Related Articles

Back to top button