विचारपत्रपत्रिकाबाट

विभेदको मुद्दा के जातविशेषको मात्रै हो ?

  • प्रतिमा कार्की

आफ्नी प्रेमिका लिन जाजरकोटबाट रुकुम पुगेका नवराज विकसहित ५ जनाको हत्या भएको विषय अहिले चर्चामा छ । सडकदेखि सदनसम्म जोडतोडले उठेको यो विषय कता मोडिन्छ, यसै भन्न सकिन्न । घटनामा स्थानीय जनप्रतिनिधि पनि जोडिएकाले पीडितले न्याय पाउछन् नै भनेर विश्वास गर्न सकिने अवस्था छैन । घटनालाई फरक तरिकाले मोड्ने र प्रमाण संकलन गर्ने कार्य भैरहेको बुझिएको छ ।

अन्य कुरा जेसुकै भए पनि विश्वकर्माको छोरा मल्लकी छोरीलाई विहे गर्न गएपछि नै यो पाशविक घटना घटेको प्रस्ट छ । सुन्दै आङ सिरिङ्ग हुने अपराध गर्न रुकुम चौरजहारी गाउँका बासिन्दालाई केले उक्सायो होला ? मानाैँ नवराज विकको ठाउँमा नवराज ढकाल या यस्तै माथिल्लो जात/थरकाे युवक हुन्थ्यो भने घटना यति पाशविक हुँदैनथ्यो ।

कथित ठूला जात भन्नेहरुले यसरी नै दलित वर्गमाथि सदियौँदेखि अन्याय गरिरहेका छन् । उनीहरुमाथिको थिचोमिचो, श्रम शोषण, अपमान र सामाजिक बहिस्कार एवं बदनामीको भारी बोकाइरहेका छन् । समाजमा जातीयता भुसको आगोसरी भित्रभित्रै सल्किरहेको छ । यसले कुनै एक जातिलाई या वर्गलाई मात्रै नभएर सम्पूर्ण मानवतालाई नै डढेलो लगाएको छ । आफूलाई सर्वश्रेष्ठ मान्ने मानिस जातकै आधारमा दलित वर्गमाथि क्रुर व्यवहार गर्न अलिकति पनि लज्जाबोध मान्दैन ।

थप पढ्न को लागी यहाँ क्लिक गर्नु होला

https://www.news24nepal.tv/2020/05/30/663037

लेखिका प्रतिमा कार्की समाजसेबी , कानुन व्यवसायी हुनुहुन्छ ।

यो लेख news24 बाट साभार गरिएको हो ।

Show More

Related Articles

Back to top button