विचारUncategorized

सार्वजनिक यातायातः न स्यानिटाईजर न दुरी, भाडा मात्र बढी

विश्वका ठुला ठुला राष्ट्रहरुलाई पनि आतंक पारेको कोरोना भाईरस बाट नेपाल पनि अछुतो रहेन । कोरोना भाईरसको जोखिम कम गर्न सरकारले गत चैत महिना देखि जारी गरेको लकडाउन झण्डै चार महिनामा केही हद सम्म खुकुलो भयो । सुरुमा कोरोना संक्रमीतको संख्या कम हुदाँ धेरै सावधानी अपनाएकाले अहिले संक्रमीतको संख्या दिन प्रति दिन बढ्दै जाँदा हेरचक्राई गर्न थालेका छन् । सरकारले पहिलो चरणको लकडाउन गर्दा बाह्य देश बाट आएका नेपालीहरुमा कोरोना देखिएको थियो । अव्यवस्थित क्वारेन्टाईन र आईशोलेसन व्यवस्थापन बाट झनै कोरोना फैलियो । अन्ततः कोरोना समुदाय स्तरमा सम्म देखा परेर संक्रमीतको ज्यान समेत जान थाल्यो ।

पछिल्ले तथ्याङक हेर्ने हो भने लकडाउन खुले पनि कोरोना बाट ज्यान गुमाउने र संक्रमीतको संख्या बढ्दो रहेको छ । लकडाउन हटाएर सँगै बजारमा बढ्दो भिडभाड छ । नजिकै गरेको चार्डपर्व र लामो समय दे िखजारी लकडाउन खुल्दाँ बजारमा सर्वसाधरणको चलहपहल बढी देखिन्छ । झन्डै ६ महिना पछि सडकमा सार्वजनिक यातायात सञ्चालनमा आएको छ । जिल्ला प्रशासनले यातायात व्यवसायीलाई स्वास्थ्य मापढण्ड र सामाजिक दुरी कायम गरि सवारी सञ्चालन गर्न निर्देशन दिएको थियो । तर दमौलीको आसपासमा सञ्चालित छोटो दुरीका सवारीसाधनमा यात्रुहरु खचाखच भरिएका हुन्छन् । यात्रु तथा सवारी चालकले कुनै पनि सावधानी नअपनाई चलाउने गरेको देखिन्छ । चालक,सहचालक देखि लिएर यात्रु वर्गहरुको कसैको मुखमा मास्क छैन, भौतिक दुरी कायम त परै जावस ।

चालकहरुले सवारीसाधनमा नत सेनिटाइजर बोकेका छन् नत,मास्क नै । दमौलीको आसपासमा सञ्चालीत म्याजिक, ई–रिक्सा लगायत छोटो दुरीमा गुड्ने सवारीले मापढण्ड पालना नगरि चर्को भाडा लिने गरेको छ । व्यास २ की सुस्मा श्रेष्ठ शिक्षिका हुन् । उनले व्यास ६ मा रहेको व्यासमा रहेको ईन्दु माध्यमिक विद्यालयमा अध्यापन गरिन्छन् । हाल व्यास नगरपालिकाले विद्यालय सञ्चालन गर्न पूर्व तयारीमा रहन विद्यालयमा दैनिक उपस्थिती जनाउन आग्रह गरेको थियो । त्यसैले उनि दैनिक जसो सवारी चढेर विद्यालय जान पर्छ । तर उनि चढ्ने म्याजिकमा बढी यात्रु राख्ने र भाडा पनि चर्को लिने गरेको छ । प्रशासनले सवारी साधनलाई आधा यात्रु राखि केही बढी भाडा लिन पाउने नियम बनाएको थियो । तर सवारी चालकहरुले बढी यात्रु पनि राख्ने र दोब्बर भाडा पनि लिने गरेको श्रेष्ठले गुनासो गरिन् ।

उनले भनिन्,‘दोब्बर भाडा पनि लिनु छ , अनि यात्रु कोचाकोच गरेर राख्ने गरेको । यस्तो कोचाकोचमा हामी कसरी जाने । ’ उनले थपिन्,‘ आधा यात्रु राख्ने भए दोब्बर भाडा तिर्न मिल्छ तर यात्रु धेरै राख्न अनि दोब्बर भाडा पनि लिने । ’ यता जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका प्रमुख रेशम रानाभाटाले धेरै यात्रु राख्नेलाई कारबाही गर्ने गरेको बताए । उनले भने,‘हामीले स्वास्थ्य मापढण्ड पालना गर्न भन्छौ तर चालकहरु मान्नुहुन, नियम नमान्नेलाई हामीले कारबाही गर्ने गरेका छौ । ’ उनले बेलाबेलामा विभिन्न ठाँउमा छड्के चेकिङ गरि कारबाही गर्ने बताए ।

Show More

Related Articles

Back to top button