Uncategorizedपत्रपत्रिकाबाट

आदिकवि क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएका ऋषिङका एक युवकमा कोरोना पुष्टी

शुक्लागण्डकीको जीपी कोईराला श्वासप्रश्वास केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा राखि उपचार गरिने,
दमौली खबर संवाददाता
जेठ १८ दमौली

तनहुँमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कोरोनाको संक्रमण देखिएका सीमा क्षेत्र बाट ल्याई व्यास १ आदीकवि भानुभक्त क्याम्पसको क्वारेन्टाईनमा रहेका ती व्यक्ति ऋषिङ गाउँपालिकाका २८ वर्यीय युवा रहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।
उनको पश्मिाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
संक्रमित व्यक्ति गत जेठ १० गते भारतबाट आएका थिए ।
तीन दिनअगाडि थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको आज आइतबार बिहान आएको रिपोर्टमा पोजेटिभ देखिएको हो ।

जिल्लामा पहिलो पटक कोरोन संक्रमण पुष्टि भएका व्यक्तिको अवस्था सामान्य भएको र उनलाई सुरक्षित रुपमा शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जीपी कोईराला श्वासप्रश्वास केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा राखि उपचार गरिने भएको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । आज प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रले संक्रिमित व्यक्तिको थप उपचारको लागि उक्त केन्द्रको आईसोलेसनमा लैजानको लागि निर्णय गरेको हो। त्यस्तै वैठले संकट व्यवस्थापन गर्नको लागि तनहँु जिल्ला भित्रका आईसोलेसन निर्माणको लागि तोकिएको अस्पतालमा लैजान स्थानिय तह तोकिएको छ ।जस अनुसार आँबुखैरेनी गाँउपालिका, बन्दिपूर गाँएपालिका र भानु नगरपालिकामा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा आईसोलेसनमा राख्नको लागि बन्दिपूर अस्पताललाई तोकिएको छ ।

त्यस्तै व्यास, ऋषिङ र म्याग्देको लागि दमौली अस्पताल र शुक्लागण्डकी, घिरिङ, म्याग्दे, ऋषिङको लागि जिपि कोईराल श्वासप्रश्वास उपचार केन्द्र तोकिएको छ । यसै गरि भिमाद नगरपालिकाको लागि सोही नगरपालिकामा रहेको भिमाद प्राथमिक स्वास्थ्य केन्द्र तोकिएको छ । आज तनहूँको एक कोराना सक्रिंमित गरि गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबार मध्यान्ह १२ बजेसम्म प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको छ । स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ । तीमध्ये २ जना घर फर्किसकेका छन् । बागलुङपछि स्याङजामा ७ जनामा कोरोना संक्रमण भेटिएको छ । तीमध्ये ५ जना वालिङ र २ जना गल्याङका हुन् ।

स्याङजाकी एक जना महिला संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Show More

Related Articles

Back to top button